बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियामा रेमडेसिविर औषधीले गर्‍यो कमाल ?

सोमबार, २९ असार २०७७, १३ : ०४
सोमबार, २९ असार २०७७

दक्षिण कोरियाका स्वास्थ्य अधिकारीले तीनमध्ये एक दक्षिण कोरियाली कोरोना बिरामीलाई गायलीड साइन्स इंकको एन्टिभाइरल औषधी रेमडेसिविर दिएपछि  स्थितीमा सुधार देखिएको बताएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार दक्षिण कोरियाली अधिकारीले बिरामीको स्थितीमा सुधार हुनुको कारण औषधी हो वा बिरामीको रोग प्रतिरोधी क्षमता हो अथवा उपचारका अन्य विधि हो भन्ने बारे थाहा पाउन थप अनुसन्धानको आवश्यकता भएको बताएका छन् ।

अमेरिकामा क्लिनिकल ट्रायलको क्रममा कोरोना बिरामीलाई यो औषधी इन्जेक्सनको रुपमा दिइएको थियो । यसले अस्पतालमा बिरामी ठिक हुन लाग्ने समयमा कमी आएको थियो ।

त्यसपछि कोभिड–१९ विरुद्धको युद्धमा रेमडेसिविर एउटा ठूलो हतियारको रुपमा प्रयोग गरिँदै छ ।

दक्षिण कोरियासमेत थुप्रै देशले कोरोना भाइरसको उपचारका लागि यो औषधीको प्रयोग गरिरहेका छन् । अहिलेसम्म यो भाइरसका लागि कुनै भ्याक्सिन तयार भएको छैन ।

औषधी उत्पादक कम्पनी गायलीडले शुक्रबार एक विश्लेषणमा रेमडेसिविरको प्रयोगले अत्यधिक प्रभावित कोभिड–१९ बिरामीको मृत्युको जोखिम कम भएको बताएको छ ।

तर कम्पनीले यसको प्रभावकारीताबारे थप जानकारी हासिल गर्नका लागि व्यापक क्लिनिकल ट्रायलको आवश्यकता भएको बताएको छ ।

कोरिया सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले विभिन्न अस्पतालमा यो औषधी प्रयोग गर्ने २७ बिरामीको पहिलो समूहको नतिजा शनिबा सार्वजनिक गरेको छ ।

केसीडीसीका उप निर्देशक क्वोन जून–बुकले पत्रकार सम्मेलनमा औषधी प्रयोग गर्ने ९ बिरामीको स्थितीमा सुधार आएको बताएका छन् । यस्तै १५ बिरामीको स्थितीमा कुनै अन्तर नआएको र तीनको स्थिती खराब भएको बताएका छन् ।

उनले यो नतिजाको तुलना एक नियन्त्रित समूहद्वारा गर्नुपर्ने आवश्यकता भएको र अतिरिक्त विश्लेषणको आवश्यकता भएको बताएका छन् ।

गत जूनमा दक्षिण कोरियाले ५ हजार बिरामीका लागि पर्याप्त औषधी आपूर्ति गर्नका लागि अनुरोध गरेको थियो किनभने दक्षिण कोरिया भाइरसको दोस्रो लहरको आफ्नो तयारी गरिरहेको छ ।

दक्षिण कोरियामा हालसम्म कोरोना संक्रमितको संख्या १३ हजार ४ सय ७९ रहेको छ भने २ सय ८९ को मृत्यु भएको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप