बुल्गेरियामा ४ दिनदेखि सरकारविरोधी प्रदर्शन
सोफिया । पूर्वी युरोपेली मुलुक बुल्गेरियामा ४ दिनदेखि लगातार सरकार विरोधी प्रदर्शन जारी छ । प्रदर्शनकारीले मुलुकमा भ्रष्टाचार बढेको जनाउँदै बुल्गेरियाको अनुदारवादी सरकारको राजीनामा माग गरेका छन् । आइतबार राजधानी सोफियामा भेला भएका तीन हजारभन्दा बढी प्रदर्शनकारीले सरकारी मुख्यालयका साथै संसद भवनसम्म नाराजुलुस सहित पैदलयात्रा गरेका थिए । उनीहरुले बुल्गेरियाको वर्तमान सरकार “माफिया” को चंगुलमा फसेको आरोप लगाएका थिए ।
सरकार विरोधी प्रदर्शन चर्किएसँगै सुरक्षा व्यवस्था कडा बनाउन सुरक्षा फौजलाई सरकारी कार्यालयहरु र संसद भवनमा तैनाथ गरिएको छ । यसैबीच, राष्ट्रपति रुमेन राडेभका कानुनी मामिला तथा भ्रष्टाचार नियन्त्रण सम्बन्धी सचिव एवं सुरक्षा र रक्षा सल्लाहकारलाई पक्राउ गरी उनीहरुका कार्यालयमा छामा मारिएको छ । उनीहरुमाथि राज्यका गोपनीय सूचना चुहाएको आरोपमाथि पनि छानबिन शुरु भएको छ ।
सरकार विरोधी प्रदर्शन आइतबार देशका अरु दश वटा शहरमा पनि भएको थियो । बुल्गेरियाका राष्ट्रपति राडेभले प्रधानमन्त्री बोयको बोरिसोभका मन्त्रिमण्डलमाथि पनि आक्षेप लगाउने गर्नु भएको छ । उनले मन्त्रिपरिषदका सदस्यहरुको चारित्रिक स्थिति कमजोर रहेको बताउँदै आएका छन् ।
प्रधानमन्त्री बोरिसोभले शनिबार राजीनामा गर्न अस्वीकार गरेका छन् । तर प्रदर्शनमा सहभागीहरुले उनको राजीनामाको माग गर्दै दश लाख हस्ताक्षर अनलाइनबाट प्रेषण गरिएको छ । संसदमा मुख्य विपक्षी समाजवादी पार्टीले सरकार विरुद्ध आगामी बुधबार अविश्वासको प्रस्ताव दर्ता गरिने बताएको छ । समाजवादीहरुले आफ्नो पक्षमा समर्थन जनाउन अपिल गरेका छन् ।
शुक्रबारको प्रदर्शन भने केही हिंसात्मक पनि भएको थियो । प्रहरीले १८ जना प्रदर्शनकारीलाई गिरफ्तार गरेको थियो जसमा प्रहरीको कुटाईबाट घाइते भएका दुई जनालाई अस्पताल भर्ना गर्नु परेको थियो । प्रदर्शनकारीमाथि दमन गरेको भन्दै शनिबार अझ बढी मानिस प्रदर्शनमा सहभागी भएका थिए । युरोपेली युनियनमा आबद्ध भएको तेह्र वर्ष बितेको भए पनि बुल्गेरियाको आर्थिक अवस्था अत्यन्त नाजूक छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले बुल्गेरियामा युरोपेली युनियनमै सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको जनाएको छ । –एएफपी/Photo: Reuters
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी ‘होमवर्क’मै छौँ, अहिल्यै सरकारमा जादैनौँ : राजेन्द्र सिंह रावल
-
प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो– ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’
-
दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश
-
सुप्रिम सहकारी ठगी प्रकरणमा ओमप्रकाश गुरुङलाई थुना पठाउने आदेश
-
राम्रो काम गरे पुरै कार्यकाल प्रचण्ड प्रधानमन्त्री : महासचिव पोखरेल
-
बिरामी बिदा लिने बढेपछि नियम कडा बनाउँदै बेलायती प्रधानमन्त्री