शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टीकाको ‘हे बुढा’मा बान्द्रे र विमलीको रोमान्स

सोमबार, २९ असार २०७७, १४ : ४९
सोमबार, २९ असार २०७७

काठमाडौं । गायिका टीका पुनको स्वर रहेको नयाँ गीत ‘हे बुढा’ सार्वजनिक भएको छ । विदुर आपागाइँको शब्द, हेमन्त शिशिरको संगीत रहेको कमेडी शैलीको गीतमा टीकालाई गायनमा संगीतकार हेमन्तले नै साथ दिएका छन् । 
गीतको म्युजिक भिडियो समेत निर्माण भएको छ ।

जसमा कमेडी कलाकार सुरज चापागाई ‘बान्द्रे’ र सुशिला निरौला ‘बिमली’को अभिनय देख्न सकिन्छ ।  देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोमा विपिन चापागाईको छायाँकन, नविन घर्तीमगरको सम्पादन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप