बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा सञ्चालनमा आयो मयुर यातायात

सोमबार, २९ असार २०७७, १५ : २३
सोमबार, २९ असार २०७७

काठमाडौं । यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन नगरेपनि मयुर यातायात प्रालिले भने बस सेवा शुरु गरेको छ । आजदेखि तीनवटा बसबाट सेवा शुरु गरिएको प्रालिले जनाएको छ । कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि सार्वजनिक यातायात बन्द गरेकामा गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात खुलाउने निर्णय गरेको थियो । 

सरकारले बिहीबारदेखि सार्वजनिक यातायात खुलाउने भनेको पाँच दिनपछि प्रालिले बस चलाउन थालेको हो । यो बीचमा बसको मर्मतलगायतको काम भइरहेको प्रालिका सञ्चालक दीपक भण्डारीले बताए । पहिलो दिनमा काठमाडौँ–बनेपा र चक्रपथ रुटमा बस चलेको छ । उनका अनुसार प्रालिले आगामी दिनमा अरु बस थप्नेसमेत योजना बनाएको छ ।

उनले भने- ‘मङ्गलबार र बुधबारदेखि नै अरु बस थप्दै जानेछौ ।’ बन्दाबन्दीमा बस सञ्चालन नहुँदा व्यवसायी मारमा परेको भन्दै सहुलियतका लागि सार्वजनिक यातायात व्ययवसायी राष्ट्रिय महासङ्घले गरेको मागमा सो प्रालिले पनि समर्थन गरेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप