शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वाग्मती प्रदेशसभा सचिवालयमा २ विधेयक दर्ता

सोमबार, २९ असार २०७७, १६ : ०८
सोमबार, २९ असार २०७७

हेटौंडा । वाग्मती प्रदेशसभा सचिवालयमा प्रदेश सरकारकोतर्फबाट आज दुई वटा विधेयक दर्ता गरिएको छ । दर्ता गरिएका विधेयकमध्ये वातावरण संरक्षणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४ को प्रथम संशोधन र प्रदेशमा आर्थिक कार्यविधि ऐन २०७४ को अध्यादेशलाई संशोधन गर्न बनेको विधेयक २०७७  रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए ।
 
आगामी साउन २ गते बस्ने प्रदेशसभाको बैठकमा विधेयकलाई पूर्ण छलफलका लागि प्रस्ताव प्रस्तुत हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप