शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना निको हुनेको संख्या १० हजार २९४ पुग्यो, ६ हजार ६१३ जना सक्रिय संक्रमित

सोमबार, २९ असार २०७७, १६ : २६
सोमबार, २९ असार २०७७

काठमाडौं । बितेको २४ घण्टामा थप १ हजार ७०५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोनाभाइरस संक्रमणमुक्त हुनेको कुल संख्या १० हजार २९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । 

यस्तै पछिल्लो २४ घण्टामा थप १४४ जनामा संक्रमण पुष्टि भएको छ भने हाल सक्रिय संक्रमितको संख्या ६ हजार ६१३ रहेको छ । 

यस्तै अहिलेसम्म निको भएकासहितको कूल संक्रमितको संख्या १६ हजार ९४५ रहेको पनि गौतमले बताए । 

उनका अनुसार आज काठमाडौं उपत्यकामा ९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका ३, भक्तपुरका १ र ललितपुरका ५ जना रहेका छन् । क
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप