शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माछा मार्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु

सोमबार, २९ असार २०७७, १७ : ३७
सोमबार, २९ असार २०७७

बुटवल । अर्घाखाँचीमा माछा मार्ने क्रममा करेन्ट लागेर बालक मृत्यु भएको छ । जिल्लाको शितगंगा नगरपालिका–९ सिद्धाराको थारगटस्थित रङसिङ खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक बालकको मृत्‍यु भएको हो ।

स्थानीय छविलाल पुनका १२ वर्षिय छोराको आफ्नै घर नजिकको रङसिङ खोलामा विद्युतको मेन तारमा तार अडकाई माछा मार्ने क्रममा करेन्ट लागेर मृत्‍यु भएको वडा अध्यक्ष भिम केसीले बताए ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप