शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साहित्यकार खगेन्द्र संग्रौलाको जीवन  : विद्यार्थी छँदा ब्रिटिस काउन्सिल र अमेरिकन लाइब्रेरीको किताब चोरें

आइतबार, २५ भदौ २०७४, ११ : ४१
आइतबार, २५ भदौ २०७४

पढ्नेले साहित्यकार खगेन्द्र संग्रौलालाई आक्रामक ठान्छन् । सुन्नेले नरम । साहित्यकार संग्रौलाको भाषण लेखाइजस्तो आक्रामक हुँदैन । सुन्नेले उनलाई भाषणवाज पनि भन्छन् । 

उनले हिजोआज कम लेख्न थालेका छन् । उनको लेखन विभेद, अन्याय, गरिबी र दासतामुक्तमा केन्द्रित रह्यो । नेपाल साँचो अर्थमा संघीयता गए निर्मूल नै नभए पनि विभेद, अन्याय, गरिबी र दासता घट्थे कि भन्ने साहित्यकार खगेन्द्र संग्रौलासँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी : 

मेरो खाना
बाल्यकालमा जुन खाना खाइन्छ, खानाको संस्कार बस्छ । खाना भनेको संस्कार हो । म त गाउँमा जन्मेको, बाहुनको छोरो । हुनेखाने बाहुनको घरमा गाई, भैंसी दुहुना हुन्छ । त्योबेला देखि अहिलेसम्म मीठो लाग्ने भनेको दूधभात, घ्युभात नै हो ।

बाहुनले खान हुने मासु भनेको परेवा, कालिज र खसी हुन् । कालिज जंगली हुन् सधैं पाइँदैन । परेवा सानो हुन्छ, यो दुनियाँमा सुत्केरीलाई खुवाउँदैमा ठिक्क हुन्छ । खसी वर्षमा मुस्किलले दुई÷तीनपटक काटिन्थ्यो । त्यसैले दसैंमा, असारमा धान रोपिसकेपछि र कहिलेकाहीं माघेसंक्रान्तिमा मासुभात खान पाइन्थ्यो । 

घुम्न मन पर्छ । नेपाली गरिबीले आक्रान्त भएकाले घुम्ने रुचि सम्भ्रान्तको मात्रै हो, सामान्यको होइन । म जहाँ जहाँ पुगेको छु, कसैको निम्ता मान्न पुगेको हुँ । ६÷७ जिल्लाबाहेकका जिल्ला पुगेको छु । अमेरिका, बंगलादेश, श्रीलंका, चीन र कतारसम्म घुमेको छु । 

सहरमा आएपछि खानाका परिकार परिवर्तन भए । जिब्रोचाहिँ फेरिएन । जसले गाउँमा दूधभात, घ्युभात र महभात खायो । हिजोआज पनि उल्लिखित खाना नै मीठो लाग्छ । तर, सहरमा विविध परिकार पाइने भएकाले माछाभात पनि मीठो लाग्न थाल्यो । 

खानकै लागि रेष्टुरेन्ट कहिल्यै जान्न । कसैले निम्ता गर्यो भनेमात्रै जाने हो । आफैं खर्च गरेर महँगो रेष्टुरेन्ट जाने मेरो हैसियत छैन । मेरो पेन्सन छैन । नियमित आयस्रोत छैन । अखबारसमेत कम लेख्दै आएको छु । निम्तामा रेष्टुरेन्ट पुगिहाल्दा के खाने भनेर सोधिहाल्छन् । आफूलाई केही पनि थाहा छैन । जसले निम्ता गरेको हो, हजुर जे खाने म त्यही भन्छु । 

आठ, नौ, दस कक्षा घरभन्दा बाहिर बसेर पढें । त्यतिबेलादेखि नै पकाउन थालेको हुँ । हिजोआज पनि पकाउँछु । खसी मासु र च्याउ पकाउने मामिलामा मेरो परिवारमा नामी छु ।  

मेरो पोसाक
विशेषतः सर्टपाइन्ट लगाउँछु । जाडोमा ज्याकेट र स्वेटर थपिन्छन् । मेरा छोराछोरी अमेरिका बस्छन् । उनीहरूले लुगा पठाइदिन्छन् । बाल्यकालमा सबै कुरा पुगेस्पुगेस् हुन्थ्यो । वर्षमा एकपटक लुगा फेरिन्थ्यो । तर, हिजोआज अवस्था परिवर्तन भएको छ । छोराछोरीले यति चीज पठाइदिएका छन्, ती सबै लगाउन मैले २०/२५ वर्ष बाँच्नुपर्छ ।

मलाई नीलो पाइन्ट र धर्के कमिज मन पथ्र्यो । लामो समय त्यही लगाएँ । लुगाको ब्रान्ड जान्दिनँ । सानो छँदा ढाका वा कालोटोपी लगाउँथें । बिहेमा साथीभाइको करबलमा टोपी लगाएँ । हिजोआज बिसाएँ । 

मेरो फिटनेस
बिहान बिहान रामदेवको अनुलोम विलोम गर्छु । बिहान बिहान एक घन्टा छिटोछिटो हिँड्छु । डाइटिङ छैन । 

मेरो अध्ययन

पहिले पढिसकेका किताब दोहोर्याएर पढ्दै छु । विभिन्न समयमा विभिन्न लेखक, कविलाई पढियो, मन पराइयो । नेपालीमा लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, बीपी कोरइराला, पारिजात, विजय मल्ल, भूपी शेरचन र विदेशीमा प्रेमचन्द, राहुल सांकृत्यायन, रवीन्द्रनाथ टेगोर, चेखोभ, तोल्सतोय आदि मन पर्छन् । 

हिजोआज केही लेखेको छैन । अल्छे बनेको छु । सुषुप्त अवस्थामा छु । मेरो निजी पुस्तकालयमा सद्दे, मुसा र कीराले खाएकासहित झन्डै तीन हजार किताब होलान् । हिजोआज किताब किन्न पर्दैन । उपहारस्वरूप आउँछन् । विद्यार्थीकालमा किन्ने हैसियत नहुँदा पुस्तकालयका किताब चोर्थें । मैले अमेरिकन लाइब्रेरी र ब्रिटिस काउन्सिलबाट पाँच/सात किताब चोरेको थिएँ ।

शिक्षक भएपछि आर्जन हुन थाल्यो । त्यतिबेला किताबमा धेरै लगानी गरेको थिएँ । 

मेरो घुमफिर
घुम्न मन पर्छ । नेपाली गरिबीले आक्रान्त भएकाले घुम्ने रुचि सम्भ्रान्तको मात्रै हो, सामान्यको होइन । म जहाँ जहाँ पुगेको छु, कसैको निम्ता मान्न पुगेको हुँ । ६÷७ जिल्लाबाहेकका जिल्ला पुगेको छु । अमेरिका, बंगलादेश, श्रीलंका, चीन र कतारसम्म घुमेको छु । 

घुमेकामध्ये कतार असाध्यै मन पर्यो । कतार भन्नबित्तिकै मरुभूमि भन्ने बुझिन्छ । त्यहाँ बगैंचा, जंगल बनाइएका छन् । त्यस्तो देख्दा विचित्र लाग्यो । चीन र रूस एकपटक घुम्ने रहर छ । रूसमा लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति भएको थियो । एकचरण समाजवाद प्रयोग भयो । चीनमा माओको नेतृत्वमा जनवादी क्रान्ति भयो । एकचरण जनवादको अभ्याससमेत भयो । उल्लिखित देशका कुनाकानीका मानिसका जीवनशैली बुझ्न मन लागेको छ । 

जुनकुनै देशले आफ्नो देशको गरिबी लुकाउँछ । उसले गज्जबको सडक, कार, भवन देखाउँछ । चीन र रूसमा समाजवादले त्यहाँका सामान्य मानिसका जीवनमा के/के असर गर्यो होला भन्ने हेर्न मन छ । 

मेरो फुर्सद
फुर्सदिलो छु । हिजोआज यति धेरै समय भयो कि कसलाई बाडौं भएको छ । हिमाल, पहाड, मधेसबाट आएको निम्ता मान्न पुग्छु । घरमा रहँदा लेखपढमै रमाउँछु । 

मेरा शत्रुले खगेन्द्र संग्रौला रक्सी खानकै लागि जन्मेका हुन् भन्ने विम्ब बनाइदिएका छन् । तर, म जहाँसुकै जोकोहीसँग खाँदिनँ । मदिराको टेबलमा बसेपछि अतिरिक्त ज्ञानी हुने, क्रान्ति नै गर्न खोज्नेसँग एकपटक बसिसकेपछि दोहोरो बस्दिनँ ।

मेरो खेलकुद
सानोछँदा डन्डिबियो खेलें । पछि भलिबल, फुटबल खेलें । विद्यालयमा अध्यापन गर्दासम्म भलिबल खेल्थें । राजनीतिदेखि खेलकुदसम्म कमजोरको पक्ष लिन्थें । पेले, म्यारोडोना, मेस्सी मन पर्छन् । खेलको कौशलअनुसार ब्राजिलको पक्ष लिन्छु ।

मेरो मोबाइल
कतारमा काम गर्ने साथीले उपहारस्वरूप दिएको सामसुङ ग्यालेक्सी थ्री मोबाइल सेट प्रयोग गर्दै आएको छु । इमेल, ट्वीटर, फेसबुक प्रयोग गर्छु । गीत पनि सुन्छु ।

मेरो टीभी
हिजोआज टीभी हेरेको छैन । हेर्दा समाचारले प्राथमिकता पाउँछ । हेर्नैपरे मोबाइलमै टीभी हेर्छु । विकल्प धेरै भएकाले टीभी हेर्न आवश्यक छैन । पहिले १४ इन्चको ब्ल्याक एन्ड ह्वाइट टीभी थियो पछि छोरोले ठूलो आकारको किनिदिए । ब्रान्ड र आकार थाहा भएन ।

मेरो चलचित्र
पछिल्लो समय हेरेको चलचित्र बिर्सें । किनकि हेरेको चलचित्र गतिलो थिएन । हलसम्म पुगेर चलचित्र हेर्थें । कलाकृतिमाथि बनाइएको चलचित्र रुचिपूर्वक हेर्थें ।

मेरो रोग
रक्तचापको औषधि सेवन गर्दै आएको छु । प्रोस्टेटको औषधि सेवन गरेको १० वर्ष भए पनि शल्यक्रिया गर्नुपर्ने भएको छ । थाइराइड समस्याले शल्यक्रिया गर्न ढिलाइ भएको हो । गर्धनसमेत खिइएको छ । अहिलेसम्म दुईपटक ‘होलबडी चेकअप’ गराएको छु । 

मेरो भाषणशैली
सुन्नेले मलाई भाषणको जादुगर भन्छन् । श्रोतालाई दिक्दारी नहोस् भनेर तयारी गरेर भाषण गर्छु । भाषण गर्दा थेगो प्रयोग गर्नेलाई उडाउने म एक टेलिभिजन अन्तर्वार्ता दोहोर्याएर हेर्दा तपाईंको भन्ने थेगो सुन्दा अचम्म लाग्यो । तर, सामान्यतः थेगो प्रयोग गर्दिनँ । सन्दर्भ हेरेर भाषण गर्छु । लामो बोल्दिनँ । सीमा हेरेर बोल्छु । बोल्दा नरम भए पनि लेख्दाचाहिँ आक्रामक हुन्छु । 

बुवाको ज्योतिषले बुवालाई धोका दिए । सिकिस्त भएपछि बुवाले आफ्नो चिना माइला दाजुलाई हेर्न लगाए । यही ग्रह र बिरामीले त ढुंगामा पछारे पनि मर्दिनँ । भोलिपल्ट बा गए । बालाई बाको ज्योतिषीले धोका दिएपछि मैले कहिल्यै ग्रहदशा हेराइनँ । विश्वास पनि भएन ।

मेरो मापसे
मापसेको सोखिन हुँ । मेरा शत्रुले खगेन्द्र संग्रौला रक्सी खानकै लागि जन्मेका हुन् भन्ने विम्ब बनाइदिएका छन् । तर, म जहाँसुकै जोकोहीसँग खाँदिनँ । मदिराको टेबलमा बसेपछि अतिरिक्त ज्ञानी हुने, क्रान्ति नै गर्न खोज्नेसँग एकपटक बसिसकेपछि दोहोरो बस्दिनँ ।

ह्वीस्की, भोड्का खान रुचाउँछु । समयसन्दर्भ, मित्रमण्डली हेरेर दुईदेखि पाँच पेगसम्म खाने गर्छु । 

मेरो संगीत
पहिले अवसर नभए पनि हिजोआज गीत÷संगीत सुन्छु । रामेश, जेबी टुहुरे, बच्चुकैलाश, नारायणगोपाल र गुलाम अलीका गीत कर्णप्रिय लाग्छन् । पहिलेपहिले गुनगुनाए पनि हिजोआज छैन । 

मेरो भूल
सानो छँदा भाइ पर्ने आफन्तलाई छातीमा बेस्सरी कुटेको थिएँ । त्यो चोट अहिले पनि मनमै छ । कहिलेकाहीं छोराछोरीलाई पनि पिटेको थिएँ । अहिले सम्झँदा लाग्छ– म कस्तो बर्बर । 

तीजको चौथीमा मुखियाको केराघरी काटेको बिर्सेको छैन । त्यतिमात्रै होइन, एउटा कन्जुस व्यापारीको सानो पसल थियो । हामीलाई मन पर्ने नरिवल, मिश्री किन्दा थोरैभन्दा थोरै दिन्थ्यो । आफूसँग पैसा नहुने । किन्दा थोरै दिने । रिस उठ्ने त भइहाल्यो । व्यापारीको घरको बाहिरपट्टि पसल थियो । उनी पसलबाहिरपट्टि सुत्थे ।  गणेश चौथीको बेला मैले व्यापारीको जुँगा काट्यो योजना बन्यो । जुँगा काट्ने समूह बनायौं । कैंची तयार पार्यौं । शूरवीर अघि लागे तर कसैले आँट नगरेपछि मैले व्यापारीको जुँगा काट्न अघि सरेको थिएँ ।

व्यापारीले स्कुलमा सिकायत गरेपछि मैले शिक्षकबाट कुटाइ खाएको थिएँ । 

मेरो घर
अहिले बस्दै आएको घर संवत् २०४३ मा बनाएको हो । म शिक्षक, श्रीमती स्टाफ नर्स । श्रीमान् श्रीमती र श्रीमतीकी स्वीस गुरुको सहयोगमा घर बनाइयो । घर बनाउँदा आधा खर्च श्रीमतीकी गुरुले सहयोग गरिन् । 

घरको डिजाइन सलाइको बट्टाजस्तै चारपाटे छ । घर बनाउँदा त्यतिबेला डेढ लाख रुपैयाँ लागेको थियो । 

बिहेको प्रस्तावचाहिँ श्रीमतीले नै राखिन् । मौन रूपमा एकले अर्कालाई स्वीकारेका थियौं । बिरालोको घाँटीमा घन्टीले कसले बाँध्ने भन्नेमात्रै थियो । 

मेरो राशी
मेरो राशी मकर हो । मेरो बुवा ज्योतिषी । बुवाको ज्योतिषले बुवालाई धोका दिए । सिकिस्त भएपछि बुवाले आफ्नो चिना माइला दाजुलाई हेर्न लगाए । यही ग्रह र बिरामीले त ढुंगामा पछारे पनि मर्दिनँ । भोलिपल्ट बा गए । बालाई बाको ज्योतिषीले धोका दिएपछि मैले कहिल्यै ग्रहदशा हेराइनँ । विश्वास पनि भएन ।

मेरो सौन्दर्यचेत
बिहे नहुँदै कपाल फुलेका थिए । ५० वर्षको हुँदा दुईतिहाइ कपाल फुलिसकेका थिए । फेसियल कहिल्यै गरिनँ । झन्डै १० वर्ष कपालमा कालो मेहेन्दी लगाएँ । अनुहारमा क्रिम लगाइनँ । दाह्रीजुँगा काटेपछि आफ्टर सेब लगाउने बानी छ । एकाधपटक साउना, स्टीम बाथ र मसाज गराएको छु ।

मेरो प्रेम
मेरो प्रेमबिहे हो । म तनहुँको बन्दीपुर स्कुलको अंग्रेजी शिक्षक । श्रीमती बन्दीपुर अस्पतालकी स्टाफ नर्स । संयोगले म, श्रीमती, उनका भाइ र बहिनी एउटै घरमा डेरा बस्न पुग्यौं । म बिरामी थिएँ । म अस्पताल गइरहन्थे । त्यहीं  चिनजान भयो ।

बिहेको प्रस्तावचाहिँ श्रीमतीले नै राखिन् । मौन रूपमा एकले अर्कालाई स्वीकारेका थियौं । बिरालोको घाँटीमा घन्टीले कसले बाँध्ने भन्नेमात्रै थियो । 

बिहेअघि दुईजनालाई प्रेमप्रस्ताव राखेको थिएँ । नौ÷दस कक्षामा पढ्दा मभन्दा एक कक्षा तलकी केटीलाई प्रेमपत्र लेखेको थिएँ । उनी धनी परिवारकी थिई । म गरिब । केटीलाई माग्न आउने रोजीछाडी थिए । तसर्थ म उनको रोजाइमा परिनँ । 

त्यतिबेला म साहित्यिक गोष्ठीमा कथा, कविता सुनउँथें । दुईपटक लेखे पनि दोस्रो चिट्ठीको जवाफमा उनले लेखेकी थिइन्, ‘मलाई माग्न आउने अरू नै धेरै छन् । बाले अरूलाई दिनेजस्तो कुरा गरेका छन् । तिमी प्रतिभाशाली छौ । भानुभक्तजस्तै बन्नू ।’

डिल्लीबजार काठमाडौंकी केटीसँग उनीभन्दा अलि गहिरो प्रेम बस्यो । उनी दरबारको पुरेत खलककी छोरी थिइन् । म गाउँबाट आएको । वर्ग फरक परेकाले दोस्रो प्रेम पनि सफल भएन ।

पहिलेको खासै सम्झना छैन । उनीसँग बोलचाल नै भएन । तर, दोस्रोसँग पहिलेको भन्दा अलि गहिरो प्रेम थियो । त्यतिबेला वनकालीमा घुमेको अझै सम्झना आउँछ । उनीसँग झन्डै ४२ वर्षको अन्तरालमा दुई वर्षअघि चाबहिलमा भेट भएको थियो ।  

मेरो सपना
विभेद, अन्याय, गरिबी र दासतामुक्त मुलुक बनाउन पाए हुन्थ्यो भन्ने लाग्छ । आफ्नो लेखनलाई त्यसैमा केन्द्रित गरें । नेपाल साँचो अर्थमा संघीयता गए निर्मूल नै नभए पनि विभेद, अन्याय, गरिबी र दासता घट्थे कि  । 

मेरो मृत्यु
मृत्यु जीवनको विश्राम हो । जीवनको समापन हो । मृत्युसँग स्वभावतः डर लाग्छ । शून्यमा विलीन हुँदा डर लाग्ने नै भयो । तर, बुढ्यौलीले छुँदै गर्दा मृत्युसँग डर लाग्न छाडेको छ । अरूलाई दुःख नदिई मर्न पाए हुन्थ्यो भन्ने लोभ छ । मोटरसाइकल चढ्दाताका एक÷दुईपटक दुर्घटनामा परेको छु । केटाकेटीमा गोठाला जाँदा चितुवाले भेडापाठा समात्यो, मैले भेडापाठा तानें । नसकेपछि भागें । पछि सम्झँदा पाँच/सात दिन ज्वरो आयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप