सुदूरपश्चिममा सोमबार ११ जनामा कोरोना पुष्टि
सोमबार, २९ असार २०७७, १८ : ५३
कैलाली । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबारर गरिएको परिक्षणमा ३ महिला र ८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । अछाम २ ढकारीका १६ वर्षका १ पुरुष, गोदावरी ५ कैलालीका २४ वर्षका १ पुरुष,गोदारी ७ कै ३३ वर्षका १ महिला र ३३ वर्षका १ पुरुष रहेका छन् ।
त्यसैगरी टिकापुर कैलालीका ४८ , १७ वर्षीया २ जना महिला ,२९, २६, २०, २१, वर्षका ४ पुरुष र गोदावरी ११ कैलालीका १८ वर्षका १ जना पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेस्ठ ले रातोपाटी लाई जानकारी दिए