कोरोनाका कारण मृत्यु हुनेमा मेक्सिको पुग्यो चौथो स्थानमा
एजेन्सी । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको सङ्ख्याको आधारमा मेक्सिको चौथो अग्रस्थानमा उक्लिएको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार मेक्सिकोमा अहिलेसम्म कोरोनाका कारण ३५ हजारभन्दा बढीको मृत्यु भएको छ ।
जोन्स हकिन्स विश्वविद्यालयका अधिकारीहरुका अनुसार कोरोनाका कारण मेक्सिकोभन्दा धेरै अमेरिका, ब्राजिल र बेलायतमा मृत्यु भएको छ । यसअघि चौथो स्थानमा रहेको इटली मेक्सिकोपछि पाँचौँ स्थानमा पुगेको छ । मेक्सिकोका राष्ट्रपति एन्ड्रेज म्यानुएल लोपेज ओब्राडोरले महामारी नियन्त्रणका लागि सरकारले सकेसम्मका सवै प्रयास गर्दा पनि मृत्यु हुनेहरुको सङ्ख्या बढिरहेको बताए ।
पछिल्लो २४ घण्टामा देशका ३२ प्रदेशमा थपिएका सङ्क्रमितहरुको सङख्या भने नौ मात्रै रहेको पनि उनले बताए । उप–स्वास्थ्यमन्त्री ह्युगो एलपेज जाटेलले देशभरी कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या बढेर आइतबारसम्ममा दुई लाख ९९ हजार ७५० पुगेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ