केन्द्रीय संस्करण

ईन्द्रदह नजिक मोटरसाईकल भिरबाट खस्यो, चालकको मृत्यु

person explore access_timeअसार २९, २०७७ chat_bubble_outline0

काठमाडौं । काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका वडा नं १ ईन्द्रथान (इन्द्रदह)नजिकै मोटरसाईकल भिरबाट खस्दा १ जनाको मृत्यु भएको छ । ईन्द्रथानबाट नैकापतर्फ आइरहेको बा ६६ प ५८६६ नम्बरको मोटरसाईकल एक्कासी अनियन्त्रित भई सडकबाट खस्दा १ जनाको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले दुर्घटनामा परि मोटरसाईकल  चालक चन्द्रागिरि  १५ ढुंगेअड्डा बस्ने ३४ वर्षीय रूपेश खड्काको शहिद मेमोरियल अस्पतालमा मृत्यु भएको बताए ।

प्रहरी नायव उपरीक्षक श्रेष्ठकाअनुसार सोही स्थानका  ३५ वर्षीय विजय शाही ठकुरी घाईते भएको अवस्थामा तत्काल महानगरीय प्रहरी विट विन्दवासिनी, महानगरीय प्रहरी प्रभाग बलम्बु र स्थानीयबासीहरूले उद्दार गरी अस्पताल पठाइएको उनले जानकारी दिए । ठकुरीको शहिद मेमोरियल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.