कैलालीमा ठगी गरेको आरोपमा २ जना पक्राउ
सोमबार, २९ असार २०७७, २३ : २९
कैलाली । जिल्लामा ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला लेकम गाउँपालिका १ बस्ने वर्ष ३२ का पदमराज भट्ट र डोटी आर्दश गाउँपालिका ३ घर भई सिलगढीमा कोठा लिएर बस्ने अन्दाजी ३२ वर्षीया सन्जाकुमारी कठायत रोकाया रहेका छन् ।
कैलालीको टिकापुर नगरपालिका १ बस्ने एक महिलालाई विभिन्न बहानामा १० लाख ठगी गरि थप २ लाख मागि रहेका बेला भट्ट र रोकायालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई जिल्लाको पिपल्लाबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्– मैले संविधान बुझेको छु
-
जोखिम भत्ता काटेपछि प्रधान सेनापतिको कटाक्ष : बजेट बनाउनेलाई चिया खान पनि नपाउने ठाउँमा लान पाए हुन्थ्यो
-
२६ करोड ६५ लाख कमाउँदै पाँचौँ सातामा ‘महाजात्रा’
-
पूर्व मुख्यसचिव शाक्यको अन्त्येष्टि
-
डोल्पामा हिउँ चितुवाको सङ्ख्यामा उल्लेखनीय वृद्धि
-
इलाम उपचुनावका चुनौती