शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण चीन सागरमा चीनको दाबी गैरकानूनीः अमेरिका

मङ्गलबार, ३० असार २०७७, ०७ : २२
मङ्गलबार, ३० असार २०७७

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले दक्षिण चीन सागरमा सम्पदा खोज्ने चीनको प्रयास पूर्ण रुपमा गैरकानूनी भएको बताएका छन् ।

पोम्पियोले विवादित जल क्षेत्रलाई नियन्त्रण गर्ने चीनको आक्रामक अभियान पूर्ण रुपमा गलत भएको आफूले स्पष्ट पार्न चाहेको बताए ।

चीनले दक्षिण चीन सागरको ठूलो हिस्सामा आफ्नो दाबी पेश गर्दै आएको छ र त्यहाँ मानव निर्मित द्वीपमा सैन्य अखडा बनाइरहेको छ ।

तर यो द्वीप र समुद्री चट्टानमा ताइवान, फिलिपिन्स, ब्रुनई, मलेसिया र भियतनामले पनि आफ्नो दाबी पेश गरिरहेका छन् ।

दक्षिण चीन सागरको इलाकामा नियन्त्रणको विषयमा यी देशबीच वर्षौंदेखि विवाद चल्दै आएको छर तर हालैका वर्षमा थप तनाव निम्तिएको छ ।

नाइन–ड्याड लाइनको नामबाट परिचित इलाकामा चीनले आफ्नो दाबी पेश गरेको छ र आफ्नो दाबीलाई बलियो बनाउनका लागि चीनले यो क्षेत्रमा कृत्रिम द्वीप बनाइरहेको छ, आफ्ना नौसेना र गस्ती पनि बढाइरहेको छ ।

सोमबार जारी बयानमा पोम्पियोले दक्षिण चीन सागरमा विवादित स्पार्टली द्वीपमा चीनको दाबीको विरोध पनि गरे ।

पोम्पियोले भने, ‘क्षेत्रीय विवादमा कसैको पनि पक्ष नलिने बताउने गरेको अमेरिकाले भियतनाम, मलेसिया र इन्डानेसिया नजिकै रहेको जलक्षेत्रमा चीनको दाबी अस्विकार गर्दछ ।’

उनले थपे, ‘यो क्षेत्रमा अन्य देशको माछा मार्न र हाइड्रोकार्बन विकाससँग सम्बन्धित गतिविधि पेश गर्नु वा कुनै पनि एकतर्फी कदम उठाउनु अवैध हो ।’

‘यो संसारले दक्षिण चीन सागरलाई चीनको जल साम्राज्य बन्न दिने छैन ।’

पोम्पियोले अमेरिका दक्षिण पूर्व एशियामा आफ्ना सहयोगीका अधिकार र समुद्री तटभन्दा टाढाका स्रोत–साधनको सुरक्षाका लागि प्रतिबद्ध भएको बताए ।’

पोम्पियोले अमेरिकाको पक्ष अन्तरराष्ट्रिय कानून र जिम्मेवारीको हिसाबले तर्कसंगत भएको पनि स्पष्ट पारे ।

अमेरिकाले चीनको विरोध गर्नुको अर्थ के हो ?

वासिङ्टनमा बीबीसी चाइनीज सेवाका संवाददाता झाओयिन फेंगका अनुसार अमेरिकाले अहिलेसम्म दक्षिण चीन सागरमा विवादमा कसैको पनि पक्ष लिएको थिएन ।

हेगमा अन्तर्राष्ट्रिय अदालतलका दक्षिण चीन सागरमा चीनको दाबीलाई कानूनी रुपमा निराधार बताएको चार वर्षपछि अमेरिकाले अब यो इलाका विवादमा आफ्नो स्थितीलाई आधिकारिक रुपमा स्पष्ट पारेको छ ।

तर प्रश्न यो उठ्छ कि अमेरिकाले अब यो कदम किन उठायो ?

गत हप्ता दक्षिण चीन सागरमा अमेरिका र चीनका नौसेनाले एकै समयमा युद्धाभ्यास गरेका थिए । यो एक दुर्लभ घटना थियो जसले चीन र अमेरिकाबीच तनाव बढिरहेको इंगित गर्छ ।

तर यसलाई ठूलो परिदृश्यमा हेर्ने हो भने ट्रम्प प्रशासनले पछिल्लो चार दशकदेखि चीनका लागि चलाइरहेको अमेरिकाको नीतिलाई परिवर्तन गर्ने सोचमा छन् । ट्रम्प प्रशासनले चीनका लागि अमेरिकी नीति पूर्ण रुपमा फेल खाएको मान्यता राख्छ ।

हालै अमेरिकाले थुप्रै मुद्दामा चीनको खुलेर आलोचना गरिरहेको छ । यसमा कोरोनाभाइरससँग जुध्न चीनको प्रयास, अल्पसंख्यक वीगर मुसलमानको मानवाधिकारको कथित उल्लंघन र हङ्गकङमा प्रदर्शनकारीप्रति चीनको धारणा समावेश छन् ।

दक्षिण चीन सागरमा चीनको कृत्रिम द्वीप निर्माणले संसारलाई चीनको महत्वाकांक्षालाई पुनः बुझाउने प्रयास गर्ने मौका दिएको छ ।

र अब यो जलक्षेत्रमा पैदा भएको तनावमा धेरै कुरा दाउ लगाइएको छ । हुन त यो समुद्री चट्टान र द्वीपको खासै महत्व देखिँदैन तर अब यसका लागि दुई शक्तिशाली देशमा सैन्य टकरावको खतरा पैदा भएको छ ।

के हो दक्षिण चीन सागरको विवाद ?

इन्डोनेसिया र भियतनामको बीचमा पर्ने समुद्रको यो हिस्सा करिब ३५ लाख वर्ग किलोमिटरमा फैलिएको छ । यसमा चीन, फिलिपिन्स, भियतनाम, मलेसिया, ताइवान र ब्रुनईले आफ्नो दाबी गर्दछ । प्राकृतिक खजानाले भरिपूर्ण यो समुद्री इलाकामा जीवको सयौं प्रजाति पाइन्छन् ।

एक दशक अघिसम्म पनि यो इलाकाको विषयमा यति तानातान थिएन । तर चीन समुद्रमा उत्खनन गर्ने जहाज, ठूलो मात्रामा इट्टा, बालुवा लिएर दक्षिणी चीन सागर पुग्यो । चीनले सानो समुद्रको वरिपरि बालुवा, क्रंकिट, इट्टाको मद्दतले निर्माण कार्य सुरु गरिदियो ।

सुरुमा बंदरगाह बनायो । त्यसपछि हवाईजहाज अवतरणका लागि स्थान बनायो । हेर्दा हेर्दा चीनले दक्षिण चीन सागरमा एउटा कृत्रिम द्वीप तयार गरेर त्यसमा सैनिक अड्डा बनायो ।

स्रोतः बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप