शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ला लिगाको उपाधिबाट रियल एक जीत टाढा

मङ्गलबार, ३० असार २०७७, ०७ : २९
मङ्गलबार, ३० असार २०७७

ग्रानाडामाथि संघर्षपूर्ण जीत हासिल गर्दै शीर्ष स्थानमा रहेको रियल म्याड्रिड ला लिगाको उपाधिबाट एक जीत टाढा पुगेको छ । सोमबार भएको खेलमा रियल २–१ गोलअन्तरले विजयी बनेको हो ।

खेलमा फ्रान्सका डिफेन्डर फर्नान्ड मेन्डीले खेलको १० औँ मिनेटमा उत्कृष्ट गोल गर्दै रियललाई अग्रता दिलाए । ६ मिनेटपछि करिम बेन्जेमाले रियलको अग्रता दोब्बर बनाए । तर, दोस्रो हाफमा डार्विन माचिसले ग्रानाडाको लागि गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो ।

जीतपछि जिनेदिन जिदानको टोली चिरप्रतिद्वन्द्वी बार्सिलोनाभन्दा ४ अंकले अघि रहेको छ । बार्सिलोनाविरुद्ध हेड टु हेडको आधारमा पनि अघि रहेका कारण रियलले अन्तिम दुई खेलबाट २ अंकमात्र बटुले ला लिगाको उपाधिमाथि कब्जा जमाउनेछ ।

अब रियलले बिहीबार पाँचौ स्थानमा रहेको भिल्लेरियाल र आइतबार रेलिगेसनबाट संघर्षरत लेगानेसको सामना गर्नेछ । खेलमा पुनः एकपटक गेराथ बेल सब्टिट्युटमा सिमित बनेका थिए । सन् २०१३ मा रियल भित्रिएका बेलले यो सिजन ला लिगामा मात्र १२ खेल खेलेका छन् । गत जुन २४ यता उनले कुनै खेल खेलेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप