बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स लिग खेल्ने युनाइटेडको आशामा धक्का

मङ्गलबार, ३० असार २०७७, ०८ : ०१
मङ्गलबार, ३० असार २०७७

इन्जुरी समयमा साउथह्याम्पटनविरुद्ध गोल खाँदै बराबरी खेल्न परेपछि म्यान्चेस्टर युनाइटेडले प्रिमियर लिगको शीर्ष चारमा उक्लने मौका गुमाएको छ । खेलको ९६ औँ मिनेटमा माइकल ओबाफेमीले गोल गरेपछि युनाइटेड २–२ को बराबरीमा चित्त बुझाउन बाध्य बनेको हो ।

यसअघि, खेलमा अग्रता भने साउथह्याम्पटनले लिएको थियो । स्टुअर्ट आर्मस्ट्रङले खेलको १२ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफमा ३ मिनेटको अन्तरमा दुई गोल गर्दै युनाइटेडले खेलमा अग्रता लिएको थियो । युनाइटेडका लागि मार्कस रासफोर्ड र एन्थोनी मार्सियालले एक–एक गोल गरे । ७१ मिनेटसम्म अग्रता लिएर अन्तिममा सम्हाल्न नसक्दा युनाइटेड पाँचौ स्थानमा रहन बाध्य बन्यो ।

आजको खेलमा जीत हासिल गरेको भए युनाइटेडले चेल्सी र लेस्टरलाई उछिन्ने मौका थियो । दुवै टोलीले यो हप्ता हार बेहोरेका थिए । युनाइटेड सबै प्रतियोगिताका पछिल्ला १८ खेलमा अपराजित रहेको छ ।

३५ खेलबाट युनाइटेडको ५९ अंक रहेको छ भने चौथो स्थानमा रहेको लेस्टरको समान अंक रहेको छ भने चेल्सी एक अंकले अघि रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप