शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बिहानको यी पाँच बानीले बढाउनुस् आफ्नो प्रतिरोधी क्षमता, टाढा हुनेछन् सबै भाइरस

मङ्गलबार, ३० असार २०७७, ०९ : २६
मङ्गलबार, ३० असार २०७७

कोरोनाभाइरसका कारण आजकाल आफ्नो रोग प्रतिरोधी क्षमता विकसित गर्नेबारे विशेष चर्चा परिचर्चा भइरहेको छ । एकातिर औषधी उत्पादक कम्पनीले आफ्ना उत्पादनमार्फत् प्रतिरोधी क्षमता विकसित गर्ने दाबी गरिरहेका छन् भने अर्कोतर्फ विशेषज्ञले पनि प्रतिरोधी क्षमता बढाउनका लागि ‘इम्युनिटी बुस्टर पेय पदार्थ’ को सेवन गर्न सल्लाह दिइरहेका छन् । यस्तै थुप्रै मानिसहरुले पैसा कमाउने चक्करमा प्रतिरोधी क्षमता बढाउने नाममा मानिसहरुलाई मूर्ख बनाइरहेका छन् ।

कमजोर प्रतिरोधी क्षमता भएकाहरु पटक–पटक बिरामी पर्छन् । विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयलाई विश्वास गर्ने हो भने प्रतिरोधी क्षमता कमजोर हुनेहरुलाई कोरोनाभाइरसले धेरै प्रभावित गरिरहेका छन् ।

यहाँ प्रतिरोधी क्षमतालाई प्राकृतिक रुपमा नै बलियो बनाउने उपायबारे जानकारी दिइएको छ । कुनै औषधी प्रयोग नगरी नै रोग प्रतिरोधी क्षमता बलियो बनाउनका लागि तपाईंले बिहानको आफ्नो बानी परिवर्तन गर्नुपर्छ । आउनुहोस्, त्यस्ता बानीबारे जानकारी लिऔं ।

१. बिहान दैनिक हिँड्नुहोस्ः

दैनिक बिहान खुल्ला हावामा पैदल हिँड्नु राम्रो बानीमध्येको एक हो । दैनिक बिहान शुद्ध हावामा पैदल हिँड्दा तपाईंले आफूलाई हृदयरोग, मधुमेह, रक्तचापजस्ता समस्याबाट आफूलाई सुरक्षित राख्न सक्नुहुन्छ भने यसले तपाईंको प्रतिरोधी क्षमता पनि बलियो बनाउँछ । प्रतिरोधी क्षमता बलियो हुँदा तपाईं रुघा–खोकी र अन्य ब्याक्टेरियल तथा भाइरल संक्रमणबाट टाढा हुनुहुनेछ । शुद्ध हावाले तपाईंको फोक्सोलाई स्वस्थ राख्छ । दैनिक कम्तीमा ५ किलोमिटर पैदल हिँड्नुपर्छ ।

२. व्यायाम र योगः

दैनि बिहान कम्तीमा एक घण्टा व्यायाम र योग गर्नुपर्छ । बिहान पसिना बगाउँदा तपाईंको शरीरको सबै विषाक्त पदार्थ बाहिर निस्कने गर्दछ र तपाईंलाई स्वस्थ शरीर प्रदान गर्छ । योग र व्यायामले तपाईंको शरीरललाई बलियो बनाउनुका साथै यो मानसिक स्वास्थ्यका लागि पनि फाइदाजनक छ । दैनिक व्यायाम गर्दा मांसपेशी र हड्डी पनि बलियो हुन्छ । फोक्सो बलियो हुन्छ, रोग प्रतिरोधी क्षमता पनि बलियो हुन्छ ।

३. दैनिक बिहान मह र कागती पानी पिउनुहोस्ः

कागतीमा प्राकृतिक रुपमा भिटामिन सी हुन्छ । मह प्राकृतिक चिनी र थुप्रै भिटामिन र मिनरल्सको स्रोत हो । यसको मिश्रण बनाएर दैनिक बिहान पिउँदा तपाईंको शरीरको फोहोर बाहिर निस्कन्छ । मोटोपना कम हुन्छ । मृगौला सफा हुन्छ । यसबाहेक यसले रोग प्रतिरोधी क्षमता बलियो बनाउँछ । मह र कागतीले तपाईंलाई फ्रेस महसुस गराउँछ । यो नियमित रुपमा सेवन गर्नुपर्छ ।

४. बिहान ब्रेकफास्ट गर्नुहोस्ः

बिहान ब्रेकफास्ट गर्न कहिले पनि बिर्सनुहुँदैन । ब्रेकफास्ट दिनभरीको सबैभन्दा महत्वपूर्ण भोजन हो । एक स्वस्थ ब्रेकफास्टले तपाईंको शरीरलाई ऊर्जा प्रदान गर्छ । ब्रेकफास्टले तपाईंको शरीर र मनलाई बलियो बनाउँछ । प्रतिरोधी क्षमता ठिक रहन्छ । यद्यपि, ब्रेकफास्ट कुनै पनि हातलमा स्वस्थ्य हुनुपर्छ । ब्रेकफास्टमा फलफूल, ड्राई फ्रुट्स समावेश गर्नैपर्छ । ब्रेकफास्टमा भिटामिन, मिनरल्स, फाइबर इत्यादि तत्व पाइने खानेकुराको सेवन गर्नुपर्छ ।

५. बिहान चाँडै उठ्नुहोस् र तनाव कम गर्नुहोस्ः

बिहान पैदल हिँड्नु, योग र व्यायाम गर्नु, कागती पानी पिउनु र स्वस्थ ब्रेकफास्ट गर्नका लागि तपाईं बिहान चाँडै उठ्नुपर्छ । सूर्य उदाउनुभन्दा अघि नै उठेर नित्यकर्म गरेपछि यी सबै काम नियमित रुपमा गर्नुपर्छ । यसले तपाईंको प्रतिरोधी क्षमता बलियो हुनुका साथै तपाईंको तनाव पनि कम हुन्छ । तपाईंको मन प्रसन्न रहन्छ । तनाव कमजोर प्रतिरोधी क्षमताको कारण पनि बन्नसक्छ ।

स्रोतः ओन्ली माई हेल्थ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप