बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

डिसहोमले आईपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन

मङ्गलबार, ३० असार २०७७, १३ : ५०
मङ्गलबार, ३० असार २०७७

डिसहोमले आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डकी सूचना अधिकारी दीपा दाहालले डिसहोमले सोमबार आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दर्ता गराएको जनाएकी छन् । 

 बोर्डमा चुक्तापूँजीको १० प्रतिशत हाराहारीको सेयर सर्वसाधारणमा जारी गर्नका लागि आवेदन दिएको छ । डिसहोमको आइपीओ १०० रुपैयाँ अंकित दरकै हुनेछ । २३ लाख कित्ता हाराहारीको आइपीओ निष्कासनको योजनामा डिसहोम छ । 

डिस होमको आइपीओमा निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई  क्यापिटल रहेको छ । २०७५ पुस २७ गतेको साधारणसभाले सर्वसाधारणमा प्राथमिक सेयर निष्कासनको प्रस्ताव पारित गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप