शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जाडोमा झनै खतरनाक हुनेछ कोरोना, बेलायतमा थप १ लाख २० हजारको ज्यान जान सक्ने चेतावनी

मङ्गलबार, ३० असार २०७७, १५ : १६
मङ्गलबार, ३० असार २०७७

एजेन्सी । बेलायतमा कोरोना भाइरसको दोस्रो लहरका कारण जाडोयाममा झन्डै १ लाख २० हजारको ज्यान जानसक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । सर्वेक्षणमा विभिन्न वैज्ञानिकहरुले अति खराब अवस्थाको प्रक्षेपण गर्दै अस्पतालमा मात्रै २४ हजार ५ सयदेखि २१ लाख ५१ हजार जना सम्मले ज्यान गुमाउन सक्ने अनुमान गरेका हुन् । जनवरी र फेब्रअरीमा संक्रमण उच्च अवस्थामा हुने उनीहरुको अनुमान छ । 

बेलायतका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भालान्सको आग्रहमा तयार गरिएको यस रिपोर्टले जाडो याममा कोरोना भाइरसको प्रभाव कस्तो रहन्छ भन्नेबारे ठूलो अनिश्चितता रहेको विषयमा जोड दिएको छ । यद्यपी, यस अनुसन्धानअनुसार जाडो मौसममा भाइरस लामो समय बाँच्न सक्छ र मानिसहरुले घरभित्रै धेरै समय बिताउँदा धेरै फैलने सम्भावना रहन्छ । कोरोना भाइरसको पुनरावृत्तिसँगै सिजल फ्लु र कोरोनाबाहेकका अन्य रोगका कारण पनि राष्ट्रिय स्वास्थ सेवासँग जोडिएका अधिकारीहरु ठूलो दबाबमा हुनेछन् । बेलायतमा कोरोनाको पहिलो लहरले नै कारण स्वास्थ प्रणाली नराम्ररी प्रभावित बनाएको छ । 

साउथ ह्याम्पटन विश्वविद्यालय अस्पतालका स्वासप्रश्वास विशेषज्ञ स्टेफेन होलगेटले भनेका छन्, ‘यो अनुमान होइन, सम्भावना हो ।  यस सर्वेक्षणले कोभिड–१९ को नयाँ लहरपछि जाडोयाममा मृतकको संख्या बढ्नसक्ने संकेत गरेको छ । तर यदी हामीले तत्कालै कदम चाल्यौ भने यस्तो हुनसक्ने खतरा कम हुन सक्छ ।’

अहिलेसम्म कोरोनाकै कारण बेलायतमा ४४ हजार ८ सय ३० व्यक्तिको मृत्यु भइसकेको छ । यद्यपि मृत्यु हुनेको संख्या जुलाईमा कम भएको छ र यस महिना अहिलेसम्म १ हजार १ सय जनाले मात्रै ज्यान गुमाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप