बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालय एअरलाइन्सको जुलाई १५ देखि २१ सम्मको उद्धार उडान तालिका सार्वजनिक

मङ्गलबार, ३० असार २०७७, १५ : ३८
मङ्गलबार, ३० असार २०७७

काठमाडौं । हिमालय एअरलाइन्सले कोरोनाभाइरस महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धार उडान गर्ने नयाँ समय तालिका सार्वजनिक गरेको छ ।

एअरलाइन्सले जुलाई १५ देखि २१ सम्म गर्न लागेको उडान समय तालिका सार्वजनिक गरेको हो । जुलाई १५ देखि २१ सम्म युएइ, साउदी अरब, बहराइन, कतार र मलेसियाबाट नेपालीहरु ल्याउन लागिएको एअरलाइन्सले जनाएको छ ।

यो भन्दा अगाडी भएका उद्धार उडानमा जस्तै अहिले पनि एयरलाइन्सले यात्रुले पीसीआर र आरडिटी परीक्षण गरी नतिजा नेगेटिभ आएको प्रमाण पेश गर्नुपर्ने, कुनैपनि कारणले उडान रद्ध हुन सक्ने र नेपाल आएर सरकारले भने बमोजिमको क्वारेन्टाइनमा बस्नुपर्ने सर्तहरु अगाडी सारेको छ ।

एयरलाईन्सले यसअघि दुई चरणको उद्धार उडान गरिसकेको छ । जुलाई १५ देखि २१ सम्म हुन लागेको उडान समय तालिका यस्तो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप