सोती घटनाको प्रतिवेदन सभामुखलाई बुझाइयो
मङ्गलबार, ३० असार २०७७, १८ : ०३
काठमाडौं । रुकुम सोती घटना छानविन संसदीय विशेष समितिले घटनाको प्रतिवेदन सभामुखलाई बुझाएको छ । गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी, सोती घटनाका सन्दर्भमा अध्ययन गर्न गठित समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदन बुझ्दै सभामुख सापकोटाले प्रतिवेदन अध्ययन गरी छिट्टै कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरे । दुरगामी महत्वको घटना भएकाले छिट्टै अध्ययन गरी कार्यान्वयनमा लैजाने कुराको हेक्का आफुले राखेको उनले बताए ।
प्रतिनिधिसभा बैठकबाट जेठ २६ गते समिति गठन भएको थियो । समितिले जेठ ३१ गतेबाट काम सुरु गरेको थियो । घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै