यी ‘युवती’ को सुन्दरताले कायल भइरहेका छन् युवक, तर वास्तविकता यस्तो

person access_timeभदौ २५, २०७४ chat_bubble_outline0


प्रविधीले निक्कै फड्को मारिसकेको छ  । आजको डिजिटल युगमा यस्ता थुप्रै कुरा बनिसकेका छन् जसको केही वर्ष पहिले कसैले पनि कल्पना गरेका थिएनन् । अब यी ‘युवती’ लाई नै हेर्नुहोस् । उनको सुन्दरताले जो सुकैको मन चोर्न सक्छ । तर यसको वास्तविकता केही फरक छ जुन थाहा पाउँदा अचम्मित हुनुहुनेछ तपाईं ।

हो, हेर्दा निकै सुन्दर देखिने यी ‘युवती’ वास्तवमा एक ‘डल’ खेलौना हुन् । यो खेलौना सोसल साइटमा निकै चर्चित छ । पहिलो नजरमा जो सुकैले पनि यसलाई युवती नै ठान्दछन् । तर यसको नजिक जाँदा थाहा हुन्छ कि वास्तवमा यो एक खेलौना हो जसले कुराकानी पनि गर्न सक्छ । यस्तो प्रकारको खेलौना मनोरञ्जनका लागि बनाइन्छ । विदेशमा यी सेक्स डललाई निकै रुचाइन्छ । जसले धोकाका कारण मानिसलाई विश्वास गर्दैनन्, उनीहरु सेक्स डलमा निर्भर हुन्छन् । यी खेलौनाको मूल्य लगभग चार लाख रुपैयाँसम्म पर्ने गर्दछ । अब त यस्ता खेलौनामाथि छाला पनि राखिन्छ जसका कारण यो वास्तविक देखिन्छ ।

चीनियाँ कम्पनी हुन् विज्ञः

सेक्स डल बनाउनमा चिनियाँ कम्पनी सबैभन्दा अगाडि छन् । यसमा एक्स डल नामको कम्पनी शीर्ष स्थानमा छ । केही समय अघि यसले डिएस डल रोबोटिक हेड नामबाट आफ्नो नयाँ सामग्री मानिसहरुमाझ सार्वजनिक गरेका छन् । यो खेलौनाले तपाईंसँग कुरा गर्न सक्छ, हाँस्न सक्छ र गीत पनि गाउन सक्छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ