शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पोलिमर नोट प्रकरणमा पूर्व गभर्नर रावलसहित तीनै जनालाई सफाई

रावलले भने, ‘मैले न्याय पाएँ, देशमा न्याय मरेको रैनछ’
मङ्गलबार, ३० असार २०७७, १९ : ५०
मङ्गलबार, ३० असार २०७७

काठमाडौं । पोलिमर नोट छपाई प्रकरणमा भएको भ्रष्टाचारको सम्बन्धमा नेपाल राष्ट्र बैंकका तत्कालिन गभर्नर तिलकबहादूर रावलसहित तीनैजनाले सफाइ पाएका छन् । विशेष अदालतको मंगलबारको पूर्ण इजलासले उक्त मुद्दामा रावलसहित नेपाल राष्ट्र बैंक नोट विभागका प्रमुख उपेन्द्रकेशरी पौडेल र पोलिमर नोट प्रिन्टको जिम्मेवारी पाएको एजेन्टको स्थानीय प्रतिनिधि मे फ्लावर लिमिटेडका हिमालयबहादुर पाँडेले सफाई पाएका हुन् । 

विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी तथा न्यायाधीशहरु बालेन्द्र रुपाखेती र शान्तिसिंह थापाको पूर्ण इजलासले त्यस्तो फैसला सुनाएको हो ।  नेपाल सरकार वादी रहेर दायर भएको २ करोड ७३ लाख रुपैंया बिगोसहितको उक्त मुद्दामा उनीहरु सो प्रकरणमा प्रत्यक्ष रुपमा संलग्न भएको नदेखिएको,  विश्वसनीय प्रमाणको अभाव भएको तथा शंकाकै आधारमा उनीहरुमाथि मुद्दा चलाइएको भन्दै विशेष अदालतले तीनैजनलाई सफाई दिने फैसला गरेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए । 

सरकारले २०७५ पुस ५ गते रावलसहित ३ जना विरुद्ध दायर भएको थियो । डेढ वर्षको अदालती प्रक्रियापछि सोमबार यो प्रक्रिया टुङ्गिएको हो । यसको फैसला भने विशेष अदालतले केही समयपछि सार्वजनिक गर्नेछ । 

विशेष अदालतको फैसला आएपछि पूर्व गभर्नर रावलले आफूले न्याय पाएको बताए । ‘मैले न्याय पाएँ । मलाई विशेष अदालतले न्याय दियो । अन्याय भएको महशुस गरेको थिएँ’, पूर्वगभर्नर रावलले भने, ‘राष्ट्र बैंकको गभर्नरबाट बाहिर निस्किसकेको १४ वर्ष भइसकेको र १७÷१८ वर्षअघि भएको कामकारबाहीको विषयलाई लिएर एकपचोटी तामेलीमा समेत गइसकेको विषयलाई लिएर म र अरु दुई जनाविरुद्ध मुद्दा चलाइएको थियो । मैले १९ महिना जतिपछि न्याय पाएँ । देशमा न्याय मरेको रहेनछ भन्ने अनुभुति भएको छ  ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप