हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर मृत्यु
मङ्गलबार, ३० असार २०७७, २३ : १८
झापा । झापाको मेचीनगर नगरपालिका–९ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर आज सोही स्थानका ६४ वर्षीय बद्रीप्रसाद थपलियाको मृत्यु भएको छ । खेतमा पानी मिलाउने क्रममा आफैँले हात्ती धपाउन थापेको विद्युतीय पासोमा परी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । सोमबार बेलुका ५ः४५ बजेको समयमा अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको थियो ।
मृतक थपलियाको मेची अञ्चल अस्पतालमा शवपरीक्षणपछि आजै दाहसंस्कार गरिएको छ । एघार महिनाअघि मात्र मृतकका दाजु गङ्गा थपलियाको पनि करेन्ट लागेरै मृत्यु भएको थियो । स्थानीयवासी जानुका ओलीका अनुसार उनको पनि आफैँले हात्ती धपाउन थापेको विद्युतीय पासोमा परी खेतमा पानी लगाउने क्रममा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ