बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रेखाले बीएमसीका अधिकारीलाई घरभित्र पस्न दिइनन्, कोरोना परीक्षण गर्न पनि मानिनन्

बुधबार, ३१ असार २०७७, ०९ : ३९
बुधबार, ३१ असार २०७७

बलिउडकी दिग्गज अभिनेत्री रेखाले बीएमसीका अधिकारीलाई आफ्नो बंगलाभित्र प्रवेश नदिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । केही दिन अघि रेखाका सुरक्षाकर्मीलगायत केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई थप उपचारका लागि बीएमसीले कोभिड–१९ बिरामीका लागि प्रदान गर्दै आएको स्थानमा सारिएको छ । रेखाको सी स्प्रिङ्ग्स नामको बंगलालाई कन्टेन्टमेन्ट जोन भनेर सम्बन्धित अधिकारीले सील गरेका छन् ।

पिंकभिल्लाको एक रिपोर्ट अनुसार बीएमसीका अधिकारी रेखाको बंगला पुग्दा रेखाकी म्यानेजर फरहानाले कुरा गरेकी छिन् । त्यसपछि उनले आफ्नो नम्बर दिँदै केही प्रक्रिया गर्नुअघि आफूलाई जानकारी दिन भनिन् । पछि जब फरहानालाई फोन गरियो तब उनले रेखाको स्वास्थ्य स्थिती निकै ठिक भएको  र उनी कसैसँगको सम्पर्कमा नआएकोले कोभिड–१९ को परीक्षण गर्न रेखा इच्छुक नभएको जानकारी दिइन् ।

यतिमात्रै होइन, बीएमसीले रेखाको घर स्यानिटाइज गर्नका लागि आफ्नो समूह पठाउँदा पनि उनीहरुलाई बंगलाभित्र प्रवेश गर्न नदिएको बताइएको छ । यसअघि हिन्दुस्तान टाइम्समा प्रकाशित एक रिपोर्टका अनुसार रेखा बीएमसी अधिकारीमार्फत् आफ्नो कोरोना परीक्षण गर्न चाहन्नन् । उनले आफ्नै तरिकाले परीक्षण गर्ने र रिपोर्ट सम्बन्धित निकायमा पेश गर्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप