बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उपत्यकामा लगातार दुई दिन बिजोर नम्बर प्लेटको गाडी चल्ने

बुधबार, ३१ असार २०७७, १२ : ४७
बुधबार, ३१ असार २०७७

काठमाडौं । ट्राफिक प्रहरीले सवारीसाधनमा लागू हुँदै आएको जोरबिजोरको नियमलाई कडाइका साथ पालना गराउन चेकजाँचलाई तिव्रता दिएको छ ।   

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले ट्याक्सीबाहेकको सवारीसाधनमा जोरबिजोर प्रणाली रहेको भन्दै सोको कार्यान्वयनका लागि चेकजाँचमा कडाइ गरिएको जानकारी दिए । 

उनकाअनुसार ट्राफिक प्रहरीले विभिन्न ४६ वटा ‘चेकिङ प्वाइन्ट’मार्फत निरन्तर चेकजाँचलाई निरन्तरता दिएका छ । 

बुधबार बिहानैमात्र ती चेकिङ प्वाइन्टमार्फत ७६३ वटा सवारीसाधन कारबाहीमा परेको ढकालले जानकारी दिए । जसमा ६४१ वटा मोटरसाइकल र १२२ वटा चारपांग्रे गाडी रहेका छन् । 

यसैगरी मंगलबार मोटरसाइकल र चारपांग्रे सवारीसाधन गरी जम्मा १४५७ वटा सवारीसाधान कारबाहीमा परेको पनि महाशाखाले जनाएको छ । 

यसैबीच बुधबार र बिहीबार दुबै दिन उपत्यकाका सडकमा बिजोर नम्बर प्लेटका सवारी चल्ने भएका छन् । बुधबार असार महिनाको ३१ गते र भोलि साउन महिनाको १ गते दुबै दिन बिजोर गते भएकाले बिजोर नम्बर प्लेटकै सवारी चल्ने ढकालले रातोपाटीलाई जानकारी दिए । 

सरकारले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेसँगै यातायातका साधनमा जोरबिजोर प्रणाली लागू भएको थियो । 

ट्याक्सीमा भने सरकारले जोरबिजोर नियम लागू गरेको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप