शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुनै बेला रानी मुखर्जी र प्रीति जिन्टाबीच थियो घनिष्ठ सम्बन्ध, यसकारण टुट्यो दोस्ती

बुधबार, ३१ असार २०७७, १३ : ५६
बुधबार, ३१ असार २०७७

एक समय थियो जब रानी मुखर्जी र प्रीति जिन्टा जुम्ल्याहा दिदी बहिनीजस्तै सधैं सँगै हुन्थे । फिल्म ‘चोरी–चोरी चुपके चुपके’ का बेला रानी र प्रीतिको मित्रता घनिष्ठ भयो । यतिसम्म कि फिल्मका हिरो सलमान खानले थुप्रै पटक आफूलाई बेवास्ता गरिरहेको पनि महसुस गरे । त्यतिबेला रानी र प्रीति दुबै ए क्लासका नायिका थिए । यी दुई त्यतिबेलाका टप हिरोसँग फिल्ममा काम गरिरहेका थिए ।

दोस्तीबीच को आयो ?

वास्तवमा, प्रीति सधैं आफूलाई आउटसाइडर मान्थिन् । रानीसँग दोस्ती भएपछि उनको करण जोहर क्याम्प र शाहरुख खानसँग राम्रो दोस्ती भयो । प्रीतिलाई सधैं लाग्थ्यो कि रानी मुखर्जी उनलाई भन्दा ऐश्वर्यालाई मन पराउँछिन् र उनको तारिफ गर्छिन् ।

ऐश्वर्या र रानीले करियरको सुरुवातमा विश्व भ्रमण एकैसाथ गरेका थिए । त्यतिबेला यी दुई एक–अर्कासँग नजिकिएका थिए । रानीले जे जुकै भएपनि ऐश्वर्यासँगको आफ्नो दोस्ती कहिले पनि नतोड्ने बताउने गर्थिन् । तर फिल्ममा प्रतिस्पर्धाले अन्त्यमा तीनैजनाबीच पर्खाल खडा गरिदियो ।

जोडीको खेलः

फिल्म ‘चलते चलते’ मा शाहरुख खानले सुरुमा ऐश्वर्यालाई साइन गरेका थिए । सलमान खानको हंगामा पछि ऐश्वर्याको साटो रानीलाई लिइयो । ऐशले यो कुरा कहिले पनि बिर्सन सकिनन् । ऐश्वर्यासँगको खटपटपछि रानी प्रीतिको नजिक भइन् । तर जब करण जोहरले आफ्नो फिल्म ‘कल हो न हो’ मा प्रीतिलाई साइन गरे तब रानीको चित्त दुख्यो । उनलाई लाग्थ्यो कि शाहरुख उनका राम्रा साथी हुन् र उनलाई प्रोमोट गर्नेछन् ।

प्रीतिको तारिफ पचेनः

रानी मुखर्जीलाई लाग्थ्यो कि यथराज फिल्मका निर्माता–निर्देशक यश चोपडाले उनलाई समर्थन गर्छन् । यश चोपडाले एक अन्तर्वार्तामा यतिबेलाका सबैभन्दा उत्कृष्ट नायिका प्रीति हुन् भनिदिए । यो कुराले रानीलाई धक्का लाग्यो । त्यसपछि रानीले आफू गहन विषयवस्तु भएको फिल्ममा मात्रै काम गर्ने सोच राखिन् । उनले ‘ब्ल्याक’ जस्तो फिल्ममा अभिनय गरिन् । यो फिल्म बक्स अफिसमा चलेन तर क्रिटिक्सले निकै मन पराए ।

रानी मुखर्जीले आफ्नो पछिल्लो अन्तर्वार्तामा फिल्म इन्डष्ट्रिमा दुई नायिका साथी हुन नसक्ने बताएकी थिइन् । उनले भनिन्, ‘चाहे तपाईंहरु एक–अर्काका लागि जतिसुकै राम्रो सोचेपनि फिल्मको अफरको कुरा आउँदा तपाईंहरु एक–अर्काका प्रतिस्पर्धी हुनुहुन्छ ।’

यद्यपि, प्रीतिसँग दोस्ती समाप्त भएकोमा रानीलाई आज पनि अफसोस छ ।

स्रोतः जीन्यूज

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप