केन्द्रीय संस्करण

चीनपछि अमेरिकामा पनि फैलियो प्लेग, मुसाबाट टाढै रहन आग्रह

person explore access_timeअसार ३१, २०७७ chat_bubble_outline0

कोरोना भाइरससँग जुधिरहेको दुनियाँका लागि खराब खबर छ । चीनपछि अब अमेरिकाको कोलोराडोमा एक लोखर्केमा बुबोनिक प्लेगको संक्रमण देखिएको छ । चीनबाट आएको कोरोना जसरी नै प्लेग नफैलियोस् भनेर वैज्ञानिकहरु सतर्क देखिएका छन् । 

झन्डै १० दिनअघि चीनको आन्तरिक मंगोलियाका दुई व्यक्तिमा बुबोनिक प्लेग देखिएको समाचार बाहिरिएको थियो । बुबोनिक प्लेगले संसामार तीनपटक महामारीको रुप लिइसकेको छ । पहिलो पटक यसले ५ करोड, दोस्रोपटक युरोपको एक तिहाई जनसंख्या र तेस्रोपटक ८० हजार मानिसको ज्यान लिएको थियो । 

अहिले फेरि १० दिनभित्रै चीन र त्यसपछि अमेरिकामा यो रोग देखिएको छ । अमेरिकाको कोलोराडोस्थित  मोरिसनब बस्तीमा ११ जुलाईमा एक लोखर्केमा प्लेगको संक्रमण देखिएको हो । 

कोरोराडोमा स्थानीय प्रशासनले मानिसहरुलाई सतर्क रहन भनेको छ । त्यस्तै, मुसा, लोखर्के, न्याउरी मुसासँग टाढा रहन भनेको छ । 

बुबोनिक प्लेग मुसामा पाइने ब्याक्टेयिाबाट फैलन्छ । यस ब्याक्टेरियाको नाम यर्सिनिया पेस्टिस ब्याक्टेरियम हो । यो ब्याक्टेरियाले रगत, फोक्सोलगायत शरीरका विभिन्न भागमा हमला गर्छ । प्लेग लागेपछि औंलाहरु कालो भएर सुन्निन थाल्छन्, नाकको अवस्था पनि त्यस्तै हुन्छ । 

बुबोनिक प्लेगबाट शरीरमा सहनै नसक्ने दुखाई तथा ज्वरो निम्तन्छ । नाडी तेज चल्न थाल्छ । बुबोनिक प्लेग सबैभन्दा पहिले मुसालाई हुन्छ ।  
मुसामा लाग्ने एक किसिमको किराले यस्तो प्लेग बोकेको हुन्छ र मुसा मरेपछि त्यस किरोमार्फत यस प्लेगको ब्याक्टेरिया मानव शरीरमा प्रवेश गर्छ । जब त्यस किराले मानिसलाई टोक्छ, तब उसले संक्रामक विष मानिसको रगतमा छोडिदिएको हुन्छ । 

यसपछि मानिस संक्रमित हुन थाल्छ । मुसा मर्न सुरु भएको दुई वा तीन हप्तापछि मानिसमा प्लेग फैलन्छ । संसारभर २०१० देखि २०१५ सम्म बुबोनिक प्लेगका झन्डै ३ हजार २ सय ४८ वटा घटना देखिएका थिए । त्यसमध्ये ५ सय ८४ जनाको मृत्यु भयो । यी वर्षहरुमा धेरै घटना कंगो, मदागास्कर र पेरुमा देखिएको थियो । 

१९७० देखि १९८० को दशकमा चीन, भारत, रुस, अफ्रिका, ल्याटिन अमेरिका र दक्षिण अमेरिकी देशमा प्लेग फैलिएको थियो ।

 बुबोनिक प्लेगलाई नै छैटौं र आठौं शताब्दीमा प्लेग अफ जस्टिनियन भनिएको थियो, यस रोगका कारण त्यतिबेला संसारका २ करोड ५० लाखदेखि ५ करोड मानिसको ज्यान गएको थियो । बुबोनिक प्लेगको दोस्रो आक्रमण १३४७ मा भयो । 
यसलाई त्यतिबेला ब्ल्याक डेथ भनिएको थियो । यस क्रममा युरोपको एक तिहाई जनसंख्या समाप्त भयो । बुबोनिक प्लेगको तेस्रो हमला १८९४ को आपपास भएको थियो । तब यसले ८० हजार मानिसको ज्यान लियो । यसको धेरै असर हङकङ आसपास देखिएको थियो । भारतमा १९९४ मा पाँच राज्यमा बुबोनिक प्लेगका झन्डै ७ सय केस देखिएका थिए । जसमध्ये ५२ जनाको मृत्यु भएको थियो ।  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.