शनिबार, १७ चैत २०८०
ताजा लोकप्रिय

बोतलमा पेट्रोल नपाएको झोंकमा पम्पकी मालिक्नीको क्याबिनमा छोडिदिए कोब्रा सर्प

बुधबार, ३१ असार २०७७, १४ : ४६
बुधबार, ३१ असार २०७७

एक व्यक्ति पेट्रोल पम्पमा बोतमा पेट्रोल लिन जाँदा उनलाई अस्विकार गरियो । रिसमा फन्किएर गएपछि उनी पुनः उक्त पेट्रोल पम्पमा फिर्ता भए त्यतिबेला उनको हातमा तीनवट डब्बा थियो, त्यसभित्र विषालु सर्प । पम्मकी मालिक्नी र अन्य दुईवटा क्याबिनमा सर्प छोडेर उनी आनन्दले घर फर्किए । अचम्मित गरिदिने यो घटना भारतको महाराष्ट्रको बुलढाणा शहरको हो ।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार सोमबार दिउँसो करिब तीन बजे २० वर्षका अमोल नामका युवक पेट्रोल पम्पमा बोतलमा पेट्रोल लिन गए । लकडाउनमा हरेक पेट्रोल पम्प खोल्ने एक निश्चित समय तोकिएको छ, उनी पेट्रोल पम्प पुग्दा खोल्ने समय सकिनै लागेको थियो । तसर्थ बोतलमा पेट्रोल भरिदिन त्यहाँका कर्मचारीले अस्विकार गरे ।

युवकले केही बेरसम्म आग्रह गरिरहे तर पेट्रोल पम्पकी मालिक्नी सारिका चौधरीले पनि बोतलमा पेट्रोल दिन अस्विकार गरिन् । अत्यधिक रिसाएका अमोल त्यसपछि धम्क्याउँदै त्यहाँबाट निस्किए ।

त्यसको केही बेरपछि ती युवक आफ्ना साथीसहित पेट्रोल पम्पमा फिर्ता भए, प्लाष्टिकको डिब्बामा सर्प लिए । पेट्रोल पम्मस्थित तीनवटा क्याबिनमा एक–एक गरी सर्प छोडिदिए र त्यहाँबाट गए ।

सारिका चौधरी जुन क्याबिनमा बसेकी थिइन्, त्यहाँ कालो कोब्रा सर्प छोडिदिए ।

यद्यपि, उक्त सर्प सारिका चौधरी भएठाउँ जानुको साटो अर्को दिशा हुँदै बाहिर निस्कियो । त्यसपछि सारिक तुरुन्त क्याबिनबाट बाहिर निस्किइन् ।

यो पूरा घटना सिसिटिभी फुटेजमा कैदसमेत भएको छ ।

पम्पकी मालिकले सर्प समात्नका लागि सम्बन्धित व्यक्तिलाई सम्पर्क गरिन् ।

ती व्यक्तिले तीनवटै सर्पलाई सावधानीका साथ समातेर वन विभागमा सुम्पिएका छन् । उनका अनुसार समातिएका सर्पमध्ये दुईवटा कोब्रा थिए भने अर्को धामन प्रजातिका विषालु सर्प थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप