केन्द्रीय संस्करण

कोरोनाविरुद्धको लडाईमा साथ दिएकोमा विपक्षीलाई धन्यवाद: केजरीवाल

person explore access_timeअसार ३१, २०७७ chat_bubble_outline0

नयाँदिल्ली । भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाविरुद्धको लडाईमा साथ दिएकोमा विपक्षीहरुलाई धन्यवाद दिएका छन्  ।  बुधबार नयाँदिल्लीमा पत्रकारहरुसँग बोल्दै मुख्यमन्त्री केजरीवालले कोराना नियन्त्रणमा विपक्षी दलहरुको सहयोग अति महत्वपूर्ण भएको बताए ।

“कोरोनविरुद्धको लडाईमा यदि सरकार एक्लै लड्ने निर्णय गरेको भए सरकार असफल हुन सक्थ्यो, हामीले यसमा केन्द्रीय सरकारसहित सबैलाई किन नसमेट्ने भन्ने सोच्यौँ र सबैलाई सहभागिता र सहयोगका लागि आह्वान गर्यौँ,” उनले भने ।
मुख्यमन्त्री केजरीवालले गैरसरकारी संस्था तथा समूहहरुले पनि कोरोना नियन्त्रणका लागि अफ्ठ्यारोमा परेकाहरुलाई धेरै सहयोग गरेको चर्चा गरे ।  “कोरोनाविरुद्धको लडाईमा सबै पार्टीलाई सहयोगका लागि सरकारले आह्वान गरेको थियो, भारतीय जनता पार्टी, भारतीय राष्ट्रिय काँग्रेसलगायतले राम्रोसँग सहयोग गरे, उनीहरु सबैलाई धेरै धेरै धन्यवाद छ,” उनले भने ।

कुनै कामहरु जानी नजानी गलत तरिकाले भइरहेका बेला विपक्षीहरुले औंल्याइदिने र सुधार गर्ने अवसर पाएको पनि उनले बताए । आफूहरुले काम गर्दा सकेसम्म जनभावना, चाहना र आवश्यकता अनुसार गर्ने प्रयास गरिरहेको र नतिजा राम्रो आएको केजरीवालको भनाई छ । 

कोरोनाभाइरसका कारण दिल्लीमा कुल एक लाख १५ हजार ३४६ जना सङ्क्रमित भएकोमा १८ हजार ६६४ जना मात्रै अहिले सङ्क्रमित अवस्थामा रहेका छन् ।  त्यसैगरी अरु ९३ हजार २३६ जनाले कोरोनाभाइरसलाई जितेपनि तीन हजार ४४६ जनाले भने जित्न नसकेर जीवन गुमाएको मुख्यमन्त्री केजरीवालले बताए । –एएनआई
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.