शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भरतपुर अस्पताललाई भिटिएम सहयोग

बुधबार, ३१ असार २०७७, १५ : ३५
बुधबार, ३१ असार २०७७

चितवन । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी टू नेपालले भरतपुर अस्पताललाई भाइरस ट्रान्सफर मिडियम किट (भिटिएम) सहयोग गरेको छ । क्लबका प्रथम डिष्ट्रिक्ट भाइस गभर्नर रामप्रसाद भट्ट र क्लबका कोभिड–१९ पोट्रेक्शन डिष्ट्रिक चिफ सिद्धार्थलाल चुकेले अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा एक हजार चार सय किट सहयोग गरिएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, अस्पताल विकास समितिका सदस्यहरु केशव देवकोटा, रमा घिमिरे, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.श्रीराम तिवारी लगायतको उपस्थिति थियो ।

सो अवसरमा क्लबका प्रथम डिष्ट्रिक्ट गभर्नर भट्टले कोरोना सङ्क्रमणको समयमा लायन्स क्लब सधैँ साथमा रहेको बताए । सुरुआती समयमा क्लबले रु ७५ लाख बराबरको व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सरकारलाई सहयोग गरेको उनले जानकारी दिए । दोस्रो चरणमा किट हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य मन्त्रालयले दिएको अस्पतालका नामका आधारमा आवश्यकताअनुसार किट हस्तान्तरण गरिएको भन्दै उनले भरतपुर अस्पतालमा रु दुई लाख बराबरको सामान हस्तान्तरण गरिएको जानकारी दिए । कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.अधिकारीले क्लबको सहयोगप्रति आभार व्यक्त गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप