बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्रका एसएसपी माथि बलत्कारको आरोप, प्रहरी घटनास्थल पुग्दा एसएसपी फरार

बुधबार, ३१ असार २०७७, १६ : २७
बुधबार, ३१ असार २०७७

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका एसएसपी राजेन्द्र अधिकारीमाथि बलात्कारको आरोप लागेको छ । नेपाल सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामापाटन पोखरामा कार्यरत एसएसपी अधिकारीमाथि बलात्कारको आरोप लागेको हो । 

सशस्त्र मुख्यालय उच्चस्रोतका अनुसार एसएसपी अधिकारीले चितवनको भरतपुर बस्ने एक महिलालाई आफ्नै कार्यालयमा बोलाएर बलात्कार गरेको पाइएको छ । एसएसपी अधिकारीले ती महिलालाई लठ्याउने औषधी खुवाएर बलात्कार गरेको आरोप छ । 

ती महिलाले आफूलाई बलात्कार गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । यस सम्बन्धमा अनुसन्धान गर्न कास्की प्रहरी घटनास्थल पुगे पनि एसएसपी अधिकारी फरार रहेका छन् । अधिकारीको खोजीकार्य तीब्र बनाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप