शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भोलिबाट अर्को बैंकको एटिएमबाट पैसा झिके शुल्क लाग्ने

बुधबार, ३१ असार २०७७, १७ : १७
बुधबार, ३१ असार २०७७

काठमाडौं । भोलिबाट अन्तर बैंकिङ कारोबारमा अतिरिक्त शुल्क लाग्ने भएको छ । अन्य कुनै पनि बैंकको खातावालाले आफ्नो बैंकसँग कारोबार गर्दा अतिरिक्त शुल्क लिने कि नलिने भन्ने अधिकार स्वयम् बैंकको जिम्मा आएसँगै शुल्क लाग्ने पक्का भएको हो ।

अन्तर बैंकिङ कारोबारमा अतिरिक्त शुल्क लिने कि नलिने भन्ने निर्णयको अधिकार सोही बैंकलाई जिम्मा लगाइएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले रातोपाटीलाई जानकारी दिए ।  ‘हामीले शुल्क लिन पाउने कि नपाउने भन्ने विषयमा कुनै निर्णय गरेका छैनौं । बरु सो निणर्य स्वंय बैंकको जिम्मा लगाएका छौं ।’ अध्यक्ष दाहालले भने, ‘कति बैंकले लिन पनि सक्छन् र नलिन पनि सक्छन् । अब यो उनीहरुकै स्वःनिर्णयको विषय हो ।’

नेपाल बैंकर्स संघ डेभलपमेन्ट बैंक एशोसिएसन र नेपाल वित्तीय संस्था संघले बुधबार एक विज्ञप्ति जारी गर्दै शुल्क लिने नलिने निर्णय सम्बन्धित बैंक वित्तीय संस्थालाई जिम्मा दिइएको जनाएको छ । योसँगै भोलि श्रावण १ गतेबाट अन्तर बैंकिङ् कारोबार गर्दा अतिरिक्त शुल्क लाग्न सक्ने छ । जस अन्तरगत एक बैंकको खातावालाले अर्को बैंकको एटिएम बुथबाट पैसा झिक्दा, मोबाइल बैंकिङमार्फत रकम ट्रान्फर गर्दा वा क्रेडिट कार्ड प्रयोग गर्दा अतिरिक्त पैसा लाग्नेछ ।

तर यो निर्णय बैंकको आफ्नै निणर्यमा छाडिएकाले सबै बैंकहरुले अतिरिक्त शुल्क नलगाउन पनि सक्छन् । यसअघि कोरोनाको कहरका बीच गत चैत्र ११ गतेबाट मुलुक लकडाउनमा गएसँगै सबै बैंकहरुले अन्तरबैंकिङ कारोबारमा अतिरिक्त शुल्क छुट दिँदै आएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप