केन्द्रीय संस्करण

इन्डोनेसियामा भीषण बाढी, १६ को मृत्यु, २३ बेपत्ता

person explore access_timeअसार ३१, २०७७ chat_bubble_outline0

एजेन्सी । इन्डोनेसियाको दक्षिणी प्रान्त सुलावेसीमा आएको बाढीमा परी १६ व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले बुधबार जनाएका छन् ।  यस बाढीका परी अन्य २३ जना बेपत्ता भएका सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ ।  बेपत्ता व्यक्तिको उद्धार कार्य जारी रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।  

सुलावेसी प्रान्तको मसाम्बा, रोङ्गकोङ र मेल्ए जिल्लाको नदीहरुका आएको बाढीको कारण त्यहाँका पाँच हजार परिवार प्रभावित भएका छन् । आइतबार र सोमबार आएको भीषण वर्षाको कारण सो नदीहरुमा  बाढी आएको बताइएको छ ।

कैयौ भवन, सडक र केही गाउँ समेत बाढीको डुबान परेको सो इलाकामा फसेका व्यक्तिहरुको उद्धार कार्य समेत कठिन भएको अधिकारीहरुले जनाएका छन्  । –एएनआइ
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.