विशेष अदालतमा मुद्दाको चाप बढ्दै, यस बर्ष मात्रै चार सय ५० थान मुद्दा दर्ता
काठमाडौं । यो आर्थिक बर्ष विशेष अदालतको १८ बर्षको इतिहासमै सबैभन्दा धेरै मुद्दा दर्ता भएका छन ।
विशेष अदालतले यस बर्ष मात्रै चार सय ५० थान मुद्दा दर्ता भएको बताएको छ । न्यून स्रोत साधनको उपलब्धताका बीच विशेष अदालतमा पछिल्लो समयमा मुद्दाको संख्या ह्वात्तै बढेको छ । विशेष अदालतका अध्यक्ष शिबराज अधिकारीले इजलास अपुग छ, मुद्दा दर्ताको अवस्था बढ्दो छ, अपराधका प्रकृति परिवर्तनशील छन तर अदालतको मानबिय र भौतिक दुबै अभावका कारण मुद्दा थपिँदै गएको बताए ।
एउटै मुद्दामा धेरै प्रतिवादी, प्रमाणको गहन अध्ययनपछि मात्रै फैसला गर्न सकिने भएकाले विशेष अदालतमा मुद्दाको चाप बढिरहेको बताए। अहिले बिशेष अदालतलाई भ्रष्ट्राचार, अकुत सम्पत्ति, सम्पत्ति शुद्धिकरण लगायतका मुद्दा हेर्ने कार्यक्षेत्र छ । तर अनुसन्धान गर्ने निकाय अख्तियार, सम्पत्ति शुद्धिकरण विभाग जस्ता कार्यालय सुविधासम्पन्न र प्रविधीको उच्चतम उपयोग गरिरहेका भएपनि न्यायिक मन प्रयोग गर्ने विशेष अदालत भने न्यून स्रोत साधनमा सञ्चालन भएकाले यि दुईबीचको खाडल पुर्ने प्रमुख चुनौति विशेष अदालतलाई रहेको रजिष्ट्रार अशोककुमार क्षेत्रीले बताए ।
मूलुकको समग्र सुशासनसँग जोडिएको विशेष अदालतल भौतिक देखि कर्मचारीसम्मको अभावले रणनीतिक योजना अनुसारको उपलब्धी हाँसिल गर्ने सकेको छैन । यदयपी यसबर्ष आर्थिक बर्ष नसकिदै यो बर्ष भएका सबै फैसलाको पूर्णपाठ तयार पार्न सक्षम देखिएको छ ।
साथै बिशेष अदालतले स्थापनाको १८ बर्षपछि विशेष अदालत नियमावली ल्याउन पहल पनि सुरु गरेको छ । विशेष अदालत ऐन २०५९ अनुसार गठन भई भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण लगायतका मुद्दाको सुनुवाई गर्ने विशेष अदालतले नियमावली ल्याउन पहल गरेको हो । कार्यविधिमा सरलीकरण, फैसला कार्यान्वयन, संयन्त्रको स्थापना र कार्यविवरणको निर्धारण गर्न पनि नियमावलीको आवश्यक परेको विशेष अदालतका रजिष्ट्रार अशोककुमार क्षेत्रीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सरकारमा जाने एमालेका मन्त्रीको लाग्यो टुंगो
-
सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन
-
राप्रपाका तीन सांसद इलाम चुनावको प्रचारमा घरदैलो गर्दै
-
‘मुख्यमन्त्री सभाहल’ निर्माण सम्पन्न गर्न १० महिना म्याद थप
-
सङ्घीय संसद्को वेबसाइटमा ह्याकरले लेख्यो– ‘स्टप सपोर्टिङ चाइना’
-
सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्रीमा दाबी पेस गर्ने आज अन्तिम दिन