शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सारा अलीले बाल्यकालको तस्बिर पोस्ट गर्दै बताइन् सेफ अली खानको विशेषता

बिहीबार, ०१ साउन २०७७, १० : ३१
बिहीबार, ०१ साउन २०७७

आजकाल इन्स्टाग्राममा थुप्रैले आफ्ना पुराना तस्बिर पोस्ट गर्ने गरेका छन् । यसबाट बलिउड सेलिब्रिटी पनि अछुतो हुन सकेका छैनन् । आमा–बुवाको तारिफ गर्न कुनै विशेष दिनको आवश्यकता हुँदैन । नायिका सारा अली खानलाई पनि सायद त्यस्तै लाग्छ ।

साराले इन्स्टाग्रामा बाल्यकालको तस्बिर सेयर गरेकी छिन् । यसमा उनी पिता सैफ अली खानसँग छिन् । उक्त तस्बिरमा उनले क्याप्सन दिएकी छिन्, ‘एक यस्ता व्यक्ति जो शान्तिका परिभाषा हुन्, प्रेमका प्रतिक हुन् र जसको मिकी माउसको जस्तो व्यक्तित्व छ । लभ यू अब्बा ।’

साराले यसअघि पनि इन्स्टाग्राममा थुप्रै पुराना तस्बिर सेयर गरेकी छिन् । ती तस्बिरमा उनले विभिन्न रोचक क्याप्सन पनि दिने गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप