शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नदी किनारमा पुरुषको शव फेला

बिहीबार, ०१ साउन २०७७, १० : ३२
बिहीबार, ०१ साउन २०७७

यहाँको नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ का ५९ वर्षीय कृष्णप्रसाद चालिसेको नारायणी नदी किनारमा शव भेटिएको हो । 

गैँडाकोट–७ मा अवस्थित नारायणी नदी किनारमा चालिसेलाई मृतावस्थामा भेटिएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । 

असार ३० गते मङ्गलबार दिउँसो घरबाट निस्किएका चालिसे बुधबार साँझ मृतावस्थामा भेटिएका इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।

 मङ्गलबार साँझसम्म चालिसेलाई स्थानीयवासीले घुम्दै गरेको अवस्थामा देखेको भए पनि उनको मृत्यु के कारणले भएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको थापाले जानकारी दिए । 
    
चालिसेको शवलाई परीक्षणका लागि चितवनको भरतपुर अस्पतालमा पठाइएको जानकारी दिँदै थापाले परीक्षण रिपोर्ट आउन बाँकी रहेको बताए । चालिसेको मृत्यु शङ्कास्पद देखिएकाले आफूहरुले थप अनुसन्धान अगाडि बढाएको थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप