बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

दाङको  मुसोटमा जीप दुर्घटना, १ जनाको मृत्यु, ४ घाइते

बिहीबार, ०१ साउन २०७७, १२ : ३६
बिहीबार, ०१ साउन २०७७

बुटवल । दाङको घोराही सडक खण्डस्थित मुसोटमा आज बिहान जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । कपिलवस्तुको कृष्णनगरबाट दाङको तुल्सीपुरतर्फ आउँदै गरेको रा १ च ९६६२ नम्बरको बोलेरो जीप अनियन्त्रित भएर घोराही उपमहानगरपालिका वडा नं. ३ मुसोटमा दुर्घटनामा भएको हो । सो दुर्घटनामा १ जनाको मृत्यु र ४ जना घाईते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेमध्ये तुसीपुर उपमहानगरपालिका वडा नं. १५ निवासी १६ वर्षीय पदम वलीको उपचारका क्रममा मृत्यु भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा बिहीवार बिहान वलीको मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।

दुर्घटनामा परेर तुलसीपुर १५ का २६ वर्षीय देवराज वली र २४ वर्षीय गोपाल श्रेष्ठ गम्भीर घाइते भएको डिएसपी खड्काले बताए । गम्भीर घाइते दुबै जनालाई थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेज रिफर गरिएको प्रहरीले बताएको छ । चालकको अवस्था भने सामान्य रहेको छ ।

प्रहरीका अनुसार जीप अनियन्त्रित भइ भित्तामा ठोक्किएको थियो । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप