इरानको कुर्दिस्तानमा आक्रमण, २ जनाको मृत्यु
बिहीबार, ०१ साउन २०७७, १४ : ०५
तेहरान । इरानको पश्चिमी प्रान्त कुर्दिस्तानमा “प्रतिक्रान्तिकारी समूह”को आक्रमणमा दुई व्यक्तिको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् ।
इरानी समाचार संस्था इर्नाले बुधबार राति आतंकवादी आक्रमणमा दुई जनाको मृत्यु भएको जनाएको छ । इरानी क्रान्तिकारी गार्डले प्रकाशन गरेको वक्तव्यमा बोल्बार गाउँनजिक उक्त आक्रमण भएको उल्लेख छ । तर आक्रमणमा जिम्मेवार समूहको नाम भने उल्लेख गरिएको छैन ।
विगत ४० वर्षभन्दा बढीदेखि इरानले कुर्दिस लडाकूसँग संघर्ष गरिरहेको छ । कुर्दिस लडाकूहरुले छिमेकी मुलुक इरानको कुर्दिस्तानमा आधार खडा गरी इरानी सेना र इरानी कार्यालयहरुमाथि आक्रमण गर्ने गरेका छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
-
लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण
-
कहिलेदेखि जित्न थाल्छ बैंगलुरु ?
-
अर्जेन्टिनामा ६० वर्षीय महिला बनिन् मिस ब्युनस आयर्स
-
बिहारमा जेडीयू नेताको गोली हानी हत्या, के भन्छ प्रहरी ?