शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रियलीमी ६ र ६आई स्मार्टफोन नेपालमा सार्वजनिक, यस्ता छन् विशेषताहरु र मूल्य

बिहीबार, ०१ साउन २०७७, २० : ३३
बिहीबार, ०१ साउन २०७७

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले आज बहुप्रतीक्षित रियलमी ६ र रियलमी ६आई स्मार्टफोनहरु नेपाली बजारमा सार्वजनिक गरेको छ । 

रियलमी ५ प्रो को सक्सेसरको रुपमा रियलमी ६ ले क्यामेरा, डिस्प्ले र पर्फमेन्शमा धेरै अप्ग्रेडहरु ल्याएको छ भने रियलमी ५आई मा निर्मित रियलमी ६आई मा अधिक पर्फमेन्श, उत्कृष्ट क्यामेरा र नयाँ डिजाइन रहेको छ ।

रियलमी ६
गेमिङका लागि शक्तिशाली प्रोसेसरः मिडियाटेक हेलियो जी९०टीद्वारा संचालित रियलमी ६ विशेष गरी अविश्वसनीय गेमिङ अनुभवका लागि डिजाइन गरिएको हो । यो प्रोेसेसर १२एनएम प्रोसेसमा निर्मित भएको छ जसले एकै समयमा शक्तिशाली र सक्षम बनाउँदछ । पछिल्लो र उत्कृष्ट जीपीयूसँग, सुपर फास्ट ¥याम र शक्तिशाली एआईका साथ रियलमी ६ ले मोबाइल गेम प्रेमिहरुका लागि सहज र आनन्ददायी गेमिङ अनुभव ल्याउँदछ ।

ठुलो ब्याट्री र फास्ट चार्जिङ: नयाँ अप्ग्रेड गरिएको ३० वाट्ट फ्ल्यास चार्जिंग र ४३०० एमएएच ब्याट्रीका साथ रियलमी ६ लाई एक घण्टा भित्र पूर्ण रुपमा चार्ज गर्न सकिन्छ । धेरै गेम खेल्दा पनि ३० वाट्ट फ्ल्यास चार्जिंगले मात्र ६० मिनेटमा ५५% सम्म चार्ज हुन्छ ।

सर्वोच्च दृश्य अनुभव: रियलमी ६ मा ६.५ इन्च ९० हट्र्ज अल्ट्रा स्मुद डिस्प्ले का साथ १२० हट्र्ज टच स्याम्पिलिंग समावेश छ जसले स्क्रिनको प्रत्येक स्वाइपमा निर्बाध र स्मुद दृश्य अनुभव प्रदान गर्दछ । उत्कृष्ट स्क्रिन—टु—बडी अनुपातका साथ रियलमी ६ ले सर्वोच्च दृश्य अनुभव प्रदान गर्दै सेल्फी क्यामेराका लागि पन्च होल कटको सहायता गर्दछ । राम्रो सुरक्षाका लागि डिस्प्लेलाई कोर्निंग गोरिला ग्लास ३ ले सुरक्षित गरिएको छ ।

यति मात्र नभएर, रियलमी ६ पन्च होल लाइटका साथ आउँदछ जसले गर्दा फेसियल अनलक प्रयोग गर्दा वा क्यामेरा प्रयोगमा हुँदा क्यामेराको छेउ बल्छ । अन्य विशेषताहरुमा आखाँलाई थकित हुनबाट जोगाउन स्क्रिन कलर टेम्प्रेचर एडजस्टमेन्ट फंशन रहेको छ, त्यस्तै कस्टम कलर मोड जसले दुई कलर डिस्प्ले मोड र ओएसआईईलाई समर्थन गर्दै भिडियो स्पष्टता, रंगको तीव्रतालाई सुधार गर्दै समग्र दृष्टिलाई अझ उत्कृष्ट बनाउने विशेषताहरु समावेश रहेका छन् ।

चखिलो क्यामेराः १६ एमपी अल्ट्रा क्लियर फन्ट क्यामेराले एफ२.० अपार्चर, स्मार्ट ब्यूटी मोड, बोकह इफेक्ट लगायतको साथ प्रमाणित सेल्फी आवश्यकतालाई पूरा गर्दछ । यो विभिन्न लिंग, विभिन्न छालाका प्रकार विभिन्न अनुहारको आकार र विशेषताका साथ प्रयोगकर्तालाई नेचुरल र भद्र सेल्फी सहजै लिनका लागि विकसीत ब्युटी अल्गोरिदमका साथ आउँछ ।

रियलमी ६ मा नवीनतम फ्ल्यागसीप, अल्ट्रा—क्लियर क्वाड क्यामेरा सेटअप रहेको छ जसमा ६४ एमपी मुख्य क्यामेरा, ८एमपी ११९ डिग्री अल्ट्रा—वाइड एंगल, म्याक्रो लेन्स र ब्ल्याक एण्ड ह्वाइट प्रोट्रेट लेन्स रहेको छ । वाइड एगंल मोडमा स्वीच गर्न एक क्लिक मात्र लाग्छ जसले प्रयोगकर्तालाई ल्यान्डस्केप, आर्किटेक्चर र ठुलो समुहको उत्कृष्ट तस्वीर लीन सक्षम गर्दछ । यसको म्याक्रो लेन्सले प्रयोगकर्तालाई नजीकै सटहरु लिन र ४सीएम दुरीका साथ माइक्रो विश्वको सुन्दरतालाई आविस्कार गर्न सक्षम गर्दछ ।

कमेटद्वारा प्ररित रियल डिजाइनः अँधेरी रातको आकारलाई विभाजन गर्ने कमेटद्वारा प्रेरित भएर, रियलमी ६ को कमेट डिजाइन चम्किलो र तीव्र छ । नयाँ अप्टिकल प्लेटिंग टेक्नोलोजीका साथ कलरको ब्राइटनेश र स्याचुरेशन क्रमश ६०% र ५०% वृद्धि हुन्छ र भिजुअल इफेक्ट चम्किलो र आँखालाई आकर्षक पार्ने छ । रियलमी ६ दुई कलर अप्शन— कमेट ह्वाइट र कमेट ब्लुमा उपलब्ध हुनेछ ।

रियलमी ६आई  
उत्कृष्ट प्रदर्शनः रियलमी ६आई मिडियाटेक हेलियो जी८० चिपसेटले सुसज्जित छ जसले आश्चर्यजनक शक्ति प्रदान गर्दछ । अक्टा कोर सीपीयूमा २.०जीएचजेड सम्मको मुख्य प्रिक्वेन्सी छ जसले विगतका जेनेरेशनको भन्दा ३५% उत्कृष्ट सिंगल कोर प्रदर्शन र १७% उत्कृष्ट मल्टी कोर प्रदर्शन प्रदान गर्दछ । यसको नतिजा उत्कृष्ट तस्वीर गुणस्तर र स्थिर फ्रेम रेट हो जसले रियलमी ६आई लाई गेमिङको बेला उत्कृष्ट बनाउँछ ।

भर्सटाइल क्यामेरा अनुभवः रियलमी ६आई ४८ एमपी क्वाड क्यामेरामा अप्ग्रेड भएको छ जसमा—४८ एमपी मुख्य क्यामेरा, ११९डिग्री अल्ट्रा—वाइड—एंगल लेन्स (८एमपी), पोट्रेट लेन्स (२एमपी) र ४सीएम अल्ट्रा म्याक्रो लेन्स (२एमपी) छ । प्रत्येक क्यामेराले सम्बन्धित कार्य गर्दै एकअर्कासंग सहकार्य गर्दछ र परिणामस्वरुप उत्कृष्ट फोटा अनुभव तथा रमाइलो प्रदान गर्दछ । विशेषरुपमा स्पष्ट ४८एमपी मुख्य क्यामेराले स्पष्ट तथा सुन्दर तस्वीरहरु खिच्न मद्दत गर्दछ । 

ब्याट्री र फास्ट चार्जिङ: रियलमी ६आई मा रियलमीकै सबैभन्दा ठुलो ५००० एमएएच विशाल ब्याट्री छ र लामो ब्याट्री लाइफका साथ आउँदछ । ट्रिपल सेफ्टी सुरक्षा प्रस्तुत गर्दै यसको विशाल ब्याट्रीले प्रयोगकर्ताको चिन्ता कम गर्दछ । यसको सेफ्टी टेस्टले ब्याट्र र चार्जरको भित्री भागको प्रत्येक टुक्रालाई ढाक्छ । रियलमी ६आईले चार्जिंग समय कम गर्न १८ वाट्टको क्विक चार्ज समर्थन गर्दछ ।

क्लासिक डिजाइनः रियलमी ६र्आईले नाओटो फुकासावाबाट क्लासिक डिजाइन अपनाउँछ र मास्टरपीस डिजाइन शैली कायम गर्दछ । यसले रेयर स्प्रो कोटिंग प्रोसेस अपनाएको छ र फोन सयौं पटक पोलिस गरिएको छ । परिणाम स्वरुप फोनको पछाडि विकसीत म्याट भिजुअल इफेक्टका साथ डेलिकेट र आरमदायी फिनिस देखिन्छ । रियलमी ६आई दुई योङ्ग कलर — ग्रीन टी र ह्वाइट मिल्कमा उपलब्ध छ । 

डिस्प्लेः रियलमी ६आई मा ६.५ इन्च एचडी प्लस मिनी ड्रप फुलस्क्रिन छ जुन सामान्य डिउड्रप भन्दा ३०.९% ले सानो छ जसले स्क्रिन—टु—बडी रेसियो ८९.८% ले उच्च बनाउँछ । ठुलो स्क्रिनले प्रयोगकर्तालाई भिडियो हेर्दा वा गेम खेल्दा उत्तम अनुभव प्रदान गर्दछ । यसका साथै, २०ः९ स्क्रिन रेसियोले फोनलाई स्लिम र धेरै जानकारी लोड गर्ने  बनाउँछ ।

रियलमी ६ र रियलमी ६आईमा भएको क्लासिक ३ कार्ड स्लट डिजाइनले दुई वटा सिम कार्ड र एउटा माइक्रो एसडी कार्ड सपोर्ट गर्दै प्रयोगकर्तालाई स्टोरेज बढाउदै डुअल कार्ड कनेक्टीभिटीको मज्जा लिने अनुमति दिन्छ ।

रियलमी ६ र रियलमी ६आई रियलमी यूआईको साथ सार्वजनिक भएको छ जुन एन्ड्रोइड १० मा आधारित छ । रियलमी यूआई उत्कृष्ट र स्टकको नजीक एन्ड्रोइड अनुभवका लागि निर्मित भउको छ । रियलमी यूआई यूनिक नयाँ विशेषताहरुका साथ अप्डेट भएको छ जसमा प्रोफेशनल स्तरको सट भिडियो इडिट गर्ने स्मार्ट टुल स्लुप  समावेश छ ।

रियलमी ६, ८जीबी ¥याम र १२८जीबी स्टोरेजका साथ रु ३२९९० मुल्यमा उपलब्ध हुन्छ भने रियलमी ६आई ४जीबी ¥याम र १२८जीबी स्टोरेजका साथ रु २५९९० मा उपलब्ध हुनेछ । 

    
    


    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप