सिपोरालाई पहिलो गाँसमै ढुङ्गा
काठमाडौं – राष्ट्रिय भलिवल खेलाडी सिपोरा गुरुङको डेब्यु फिल्म ‘भूईँमान्छे’को प्रर्दशन मिति सरेको छ । २० साउनमा सार्वजनिक प्रदर्शनमा आउँने भनिएको चलचित्र केही साता सरेको हो । चलचित्र अब २ भदौमा प्रदर्शनमा आउनेछ ।
बलिउड अभिनेता शाहरुख खानको चलचित्रले ‘जब ह्यारी मिट सेजल’ ले ४ अगष्ट अर्थात २० साउन आफ्नो प्रदर्शन मिति सार्वजनिक गरेपछि ‘भूईँमान्छे’ डराएर पछि सरेको हो ।
शाहरुख खान अभिनित ‘जब ह्यारी मिट सेजल’ र अक्षय कुमार अभिनित ‘ट्वाईलेट एक प्रेम कथा’का कारण चलचित्र सार्नु परेको निर्देशक नवराज बुढाथोकीले बताए । ‘वितरकले नै चलचित्र सार्ने सल्लाह दिए ’ उनले भने ‘ बलिउड स्टार अभिनित चलचित्र प्रर्दशनमा आएपछि नेपाली चलचित्रले हल पाउनै मुश्किल हुने गर्दछ ।’
खेलाडी सिपोरा गुरुङका लागि यो चलचित्र विशेष पनि छ । अभिनयमा डेब्यु चलचित्र भएकोले उनले यसबाट निकै आस समेत गरेकी छन् । तर चलचित्रको प्रदर्शन मिति बिभिन्न कारणले पटक–पटक सर्दै जाँदा उनलाई भने पहिलो गाँसमै ढुङ्गा भने जस्तो भएको छ ।
पोस्टमार्टम गर्ने व्यक्तिको कथामा बनेको चलचित्र ‘भूईँमान्छे’मा रमेश बुढाथोकी, सहिन प्रजापती, बादल भट्टलगायत शैली थिएटरका कलाकारको अभिनय रहेको छ ।
लामो समयदेखि नाटक निर्देशन गर्दै आएका बुढाथोकीले यसअघि चलचित्र वनफूल निर्देशन गरेका थिए । ‘भूईँमान्छे’मा रोहिणी भट्टराईको लगानी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै