शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म क्षेत्रलाई कोरोना प्रभावित क्षेत्रमा राख्न फिल्मकर्मीको माग

शुक्रबार, ०२ साउन २०७७, १३ : २०
शुक्रबार, ०२ साउन २०७७

काठमाडौं । कोरोनाको कारण नेपाली फिल्म ठप्प छ । लकडाउन खुकुलो भएपछि विभिन्न क्षेत्र खेलेपनि फिल्म क्षेत्र भने अझै खुल्न सकेको छैन । त्यसैले पनि फिल्म क्षेत्रलाई कोरोना प्रभावित क्षेत्रमा राख्न फिल्मकर्मीहरुले सरकारसँग माग गर्दै आइरहेका छन् । 

यस्तैमा चलचित्र निर्माता संघ, चलचित्र प्राविधिक संघ, चलचित्र कलाकार संघको एक टोलीले नेपाल राष्ट्र बैंकका नवनियुक्त गर्भनर महाप्रसाद अधिकारीसँग भेट गरेर फिल्म क्षेत्रलाई अतिप्रभावित क्षेत्रमा राख्न अनुरोध गरेका छन् ।

फिल्मकर्मीको एक टोलीले गर्भनर अधिकारीलाई ज्ञापन पत्र बुझाउदै फिल्म क्षेत्र अतिप्रभावित क्षेत्रमा राख्न माग गरेका हुन् ।

ज्ञापनपत्रमा फिल्मकर्मीले यो क्षेत्रलाई अतिप्रभावित क्षेत्रमा राखेर उचित सहयोग गर्दै तत्काल चलयमान बनाउन सहुलियतमा बैंकिङ कर्जा, बैंकिङ कर्जा पुर्नतालिका, लकाडाउन अवधीभरको ब्याजमा ५० प्रतिशत छुट, पुराना कर्जाको समयवधि लकडाउन खुलेपछि ६ महिना थप गर्न माग लगायत बुदा समावेश छन् । 

भेटमा गर्भनर अधिकारीले नेपाली फिल्म क्षेत्रको समस्या सम्बोधन गर्न हरसम्भव प्रयास गर्ने आश्वासन दिएका छन् । 

निर्माता संघको मागलाई गभर्नर अधिकारीले सकरात्मक तरिकाले लिएको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप