कोरोनाका कारण उच्च आर्थिक अनिश्चितता रहेको दक्षिण कोरियाको ठहर
शुक्रबार, ०२ साउन २०७७, १७ : ४८
एजेन्सी । कोरोनाका कारण विश्वभरी नै अझै केही समय उच्च आर्थिक अनिश्चितताको अवस्था रहने दक्षिण कोरियाले ठहर गरेको छ । दक्षिण कोरियाको अर्थ मन्त्रालयले तयार पारेको वार्षिक आर्थिक सर्वेक्षण प्रतिवेदनमा आगामी केही समय आर्थिक अनिश्चिततामा वित्ने उल्लेख गरिएको छ ।
“ग्रिन बुक” भन्ने गरिएको सो प्रतिवेदनमा उत्पादन, वितरण र उपभोगमा प्रत्यक्ष असर परिरहने अनुमान गरिएको छ । विश्वभरी नै आम नागरिकको आर्थिक अवस्था खस्कीएकाले माग पनि कम हुने र उत्पादन तथा ढुवानीमा पनि कमी आउने अध्ययनकर्ताको विश्लेषण छ ।
धेरै नागरिकले रोजगारी गुमाएकाले उनीहरुको दैनिकीमा प्रत्यक्ष असर पर्ने र त्यसले समग्र आर्थिक क्षेत्रलाई नै प्रभावित पार्ने मन्त्रालयले जनाएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभर किन बढ्दै छ प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि धरमरायो प्रचण्ड सरकार, गठबन्धन टिक्नेमा सत्ताधारी दलहरूलाई नै शङ्का
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै
-
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल