कोरोनाभाइरस भ्याक्सिनको जासूसी गरेको आरोपमा रुसको जवाफ
कोरोनाभाइरको भ्याक्सिनमाथि अनुसन्धान गर्ने एजेन्सीको जासुसी गरेको आरोपलाई बेलायतका लागि रुसका राजदूत आन्द्रेई केलिनले ठाडो अस्विकार गरेका छन् ।
बीबीसी वनले उनलाई प्रश्न सोध्यो, ‘यदि रुसले बेलायतको भ्याक्सिनमाथिको अनुसन्धान चोरिरहेको हो भने ?’
यसमा उनले भने, ‘मलाई यस्तो कुनै पनि हालतमा लाग्दैन र म यो कहानीमा विश्वास पनि गर्दिनँ ।’
साथै, केलिनले बेलायतको राजनीतिमा रुसले दखल दिएको आरोप पनि खारेज गरेका छन् ।
बिहिबार बेलायत, क्यानडा र अमेरिकाको गुप्तचर सेवा एजेन्सीले कोरोनाभाइरसको भ्याक्सिनमाथि काम गरिरहेको संगठनमाथि साइबर हमलाको पछाडि ‘निश्चित रुपमा’ रुसी जासुसको हात भएको भन्दै चेतावनी दिएका थिए ।
राजदूत केलिनले सेलिसबरी नर्व एजेन्ट अट्याकपछि उनको देश अब बेलायतसँगको ‘नयाँ सम्बन्धसहित अघि बढ्न चाहन्छ ।’
स्मरण रहोस्, पूर्व रुसी जासुस र उनकी छोरीलाई निशाना बनाएर गरिएको यो हमलामा पाँच व्यक्तिलाई उपचारका लागि अस्पतालमा भर्ना गर्नुपरेको थियो र एक व्यक्तिको मृत्यु भएको थियो ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत