शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलिउड निर्देशक रजत मुखर्जीको निधन

आइतबार, ०४ साउन २०७७, १३ : १०
आइतबार, ०४ साउन २०७७

‘प्यार तूने क्या किया’ र ‘रोड’ जस्ता फिल्मका निर्देशक रजत मुखर्जीको आइतबार निधन भएको छ । रिपोर्टका अनुसार उनी विभिन्न प्रकारको स्वास्थ्य समस्यासँग जुधिरहेका थिए । ‘रोड’ फिल्ममा मुख्य नायकको रुपमा देखिएका मनोज बाजपेयीले उनको निधनमा शोक जताएका छन् ।

मनोजले आफ्नो ट्वीटमा लेखेका छन्, ‘लामो बिमारीका कारण मेरा साथी र निर्देशक रजत मुखर्जीको जयपुरमा निधन भएको छ । तपाईंको आत्माले शान्ति पाओस् रजत । हामी आफ्नो काममा छलफल गर्नका लागि अब हाम्रो कहिले पनि भेट हुन सक्दैनँ भन्ने कुराको विश्वास गर्नै सकिरहेको छैन । जहाँ छौ, खुसी हौ ।’

फिल्म निर्माता हंसल मेहताले पनि शोक जताएः

फिल्म निर्माता हंसल मेहताले पनि रजतको निधनमा शोक जताएका छन् । उनले आफ्नो ट्वीटमा लेखे, ‘भर्खरै मेरा प्रिय साथीको निधनबारे खबर पाएँ । ‘प्यार तूने क्या किया’ र ‘रोड’ का निर्देशक रजत मुखर्जी मुम्बईमा सुरुवाती संघर्षका बेला हामी साथी थियौं । हामीले थुप्रै पटक सँगै खाना खायौं र थुप्रै ओल्ड मंक बोतलको प्रयोग गर्यौं । अर्को दुनियाँमा पनि अन्य थुप्रै कुराको प्रयोग गर्नेछौं । प्र्रिय साथी, तिम्रो याद सधैं आउनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप