बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तेस्रो विश्वयुद्धमाथि बन्न लागेको फिल्ममा दीपिका पादुकोण र प्रभासको जोडी

आइतबार, ०४ साउन २०७७, १४ : ०८
आइतबार, ०४ साउन २०७७

फिल्म ‘छपाक’ र ‘८३’ पछि अब दीपिका पादुकोण एउटा ठूलो फिल्मको हिस्सा बन्न लागेकी छिन् । यो नयाँ प्रोजेक्टमा उनीसँग बाहुबली प्रभास देखिनेछन् । दीपिका र प्रभास पहिलो पटक सँगै पर्दामा देखिन लागेका हुन् । नाग अश्विनको साइन्स फिक्सन फिल्म तेस्रो विश्वयुद्धको कहानीमा आधारित हुनसक्ने अनुमान छ । यो फिल्म सन् २०२१ को अप्रिलदेखि सुरु गरिनेछ ।

साउथ सिनेमाको चर्चित प्रोडक्सन हाउस विवायजयन्ती मुभिज चाँडै नै आफ्नो ५० वर्ष पूरा गर्ने तयारीमा छ । यो विशेष मौकामा प्रोडक्सनले दुई ठूला सुपरस्टार दीपिका पादुकोण र प्रभासलाई सँगै ल्याउने निर्णय गरेको छ ।

विवायजयन्ती प्रोडक्सन हाउसले यो कुराको घोषणा ट्वीटरमा गरेको छ । यसमा लेखिएको छ, ‘दीपिका पादुकोण वेलकम अनबोर्ड । तपाईंलाई यो अद्भूत एड्भेन्चरको हिस्सा बनाएर हामी निकै उत्साहित छौं ।’ फिल्म प्रभास २१ लाई नाग अश्विनले निर्देशन गर्नेछन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप