शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘चिसो वर्ष’ ले पायो एक करोड रुपैयाँ

सोमबार, ०५ साउन २०७७, १२ : ०१
सोमबार, ०५ साउन २०७७

काठमाडौं । तीन वर्ष अगाडि प्रदर्शित फिल्म ‘कालो पोथी’ बनाएका निर्देशक मीनबहादुर भाम नयाँ फिल्म ‘चिसो वर्ष’ को तयारीमा छन् । दुई पात्रको हिमाली यात्राको कथा रहेको ‘चिसो वर्ष’ आउँदो वैशाखबाट छायांकनमा जाने तयारी भइरहेको छ । 
निर्माण नहुँदै चर्चामा रहेको फिल्म ‘चिसो वर्ष’को पटकथाले करिब १ करोड ३ लाख नेपाली रुपैयाँ बराबरको नगद प्राप्त गरेको छ । उक्त रकम इस्तानबुलमा आयोजित ‘टीआरटी १२ पुन्टो स्क्रिप्ट ल्याब’ले प्रदान गरेको हो । 

यो ‘अन्तर्राष्ट्रिय सह–निर्माण’का लागि फिल्मलाई प्रदान गरिने आर्थिक अनुदान हो । फिल्मलाई आर्थिक अनुदान प्राप्त भएकोमा निर्देशक भामले खुसी व्यक्त गरेका छन् । नेपाल–टर्कीको सह–निर्माणमा बन्न हुन लागेको ‘चिसो वर्ष’को गत वैशाखबाट छायांकनमा जाने तयारी निर्देशक भामको थियो । तर, कोरोनाको कहरका कारण छायाँकन सुरु हुन सकेन । 

फिल्मले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय अनुदान तथा पुरस्कार प्राप्त गरिसकेको छ । निर्देशक मीनका अनुसार, फिल्मले हिमाली गाउँको कथा भन्नेछ । बहुपति प्रथाको पृष्ठभूमिमा पेमा र लामाको यात्रा समेटिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप