पर्वतमा सामूहिक बलात्कार, २ जना पक्राउ
सोमबार, ०५ साउन २०७७, १४ : ००
काठमाडौं । पर्वतको महाशिला गाउँपालिका–५ स्थित पिँडालु खोलामा सामूहिक बलात्कार भएको छ । दुईजना किशोर मिलेर मानसिक रुपमा अशक्त १७ वर्षीया किशोरीलाई बलात्कार गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
बलात्कार आरोपी १२ वर्षीय र १४ वर्षीय किशोरलाई ईलाका प्रहरी कार्यालय लुंखु देउरालीबाट खटिएको प्रहरी टोलीले पक्रेको हो । जेठ १७ मा किशोरीमाथि सामूहिक बलात्कार भएको बताइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
त्यस्तै, बर्दियाको गुलरियाबाट बलात्कार आरोपी २० वर्षीय अतुल तमौलीलाई प्रहरीले पक्रेको छ । १२ वर्षीया बालिकालाई उनले जबर्जस्ती करणी गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । ०७६ भदौ १६ मा बालिका बलात्कारपछि उनी फरार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर महानगरद्वारा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण सुरु
-
बागमतीमा वैशाख २४ गते सार्वजनिक बिदा
-
केपी ओलीले कार्यकर्तालाई भने, ‘जातका कुरा मनमा नराख्नुहोस्’
-
महोत्तरीको मटिहानीमा आगलागी, ७० घरमा क्षति
-
पानी माग्दै मन्त्रालयमा किसानको धर्ना, ७ दिनको अल्टिमेटम
-
सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा