सेयर बजारमा २ अर्बको कारोबार, २ पटक सर्किट ब्रेक लागेको बजार अन्ततः घटेर बन्द
काठमाडौं । मौद्रिक नीति पछि सेयर बजारमा उछाल देखिएको छ । आइतबार ३ पटक सकारात्मक सर्किट ब्रेकर लागेर बन्द भएको बजार सोमबार पनि २ पटक सकारात्मक सर्किट ब्रेक लाग्यो । र, अन्तमा बजार १४.९ अंकले घटेर बन्द भएको छ । यद्यपि कारोबार भने उत्साहप्रद देखिएको छ ।
सोमबार १ सय ८१ कम्पनी कारोबारमा आए । जसको २ अर्ब ८० करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजार १४६४.९४ बिन्दुमा अडिएको छ । घटेर बन्द भएको बजारमा बैकिङ समूह, विकास बैंक समुह, फाइनान्स र म्यूचुअल फण्ड समुह बढेको छ भने बाँकी सबै समुह घटेको छ ।
सबैभन्दा बढी विकास बैंक समूह १६.९३ अंकले बढेको छ । बैकिङ समूह ३.१४ अंकले बढेको छ । फाइनान्स समूह १.१५ अंकले बढेको छ भने म्यूचुअल फण्ड ०.०१ प्रतिशतले बढेको छ । युनाइटेड फाइनान्स, एनआइसी एशिया लघुवित्त, स्पर्श लघुवित्त, हिमालय उर्जा बिकास कम्पनी लगायतले सबैभन्दा बढी कमाएका छन् भने गुराँस लघुवित्त वित्तिय संस्था, मञ्जु फाइनान्स, शिभम सिमेन्ट, परवार्ड कम्यूनिटी माइक्रोफाइनान्स लगायतले सबैभन्दा बढी गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी