शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पन्चकन्याको शैक्षिक रुपान्तरणका लागि अनलाइनबाट शिक्षक तालिम

सोमबार, ०५ साउन २०७७, १६ : २१
सोमबार, ०५ साउन २०७७

नुवाकोट । जिल्लाको पन्चकन्या गाउँपालिकाले  बन्दाबन्दीमा रहेका प्राथमिक शिक्षकहरुलाई लक्षित गरी अनलाईनको माध्यामबाट ८ दिने शिक्षक तालिम शुरु गरेको छ । पन्चकन्या गाउँपालिकामा रहेका २ दर्जनभन्दा बढी विद्यालयमा अनलाइनमार्फत तालिम सुरु गरिएको हो । उक्त गाउँपालिकामा आधारभूत तथा माध्यामिक गरी २७ वटा बिद्यालयहरु रहेका छन् । 

लामो समयदेखि शिक्षा शाखा कर्मचारी विहिन रहेको र हालै शिक्षा शाखामा कर्मचारी ब्यस्थापन भएपछि गाउँपालिकाले शिक्षालाई नयाँ र वैज्ञानिक ढंगबाट अगघ बढाउने उद्धेश्यका साथ अनलाइनका माध्यामबाट तालिम लगायतका कार्यक्रमहरु सुरु गरिएको शिक्षा शाखा प्रमुख चक्रदेव जोशीले बताए ।

यस वर्षदेखि सरकारले कक्षा १ मा एकिकृत पाठयक्रम लागू गरेको छ तर कोरनाका कारण पठनपाठन नै शुरु हुन सकेको छैन । सरकारले बिद्यालयहरु सञ्चालन गरेपछि पनि शिक्षकहरु कक्षा कोठामा प्रवेश गरेर परिवर्तित पाठयक्रम अध्यापन गराउन कठिन हुने देखिएको छ ।  सोही अवस्थालाई मध्यनजर गर्दै शिक्षकहरुलाई तालिम दिन लागिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आधारभूत तहलाई शिक्षाको खम्बाको रुपमा महसुस गरेर उक्त खम्बालाई मजबुत बनाउन प्राथमिक तहबाटै सुधार गर्न खोजिएको गाउँपालिका अध्यक्ष तेजबहादु तामाङले बताए ।  व्यवसायिक शिक्षालाई समेत गाउँ पालिकाले प्राथमिकतामा राखेको शिक्षा शाखा संयोजक रामबाबु पराजुलीले बताए ।

कोरना कहर बढेर शैक्षिक वर्षनै खेर जाने स्थिति आएमा कक्षा ९, १०, ११ र १२ का लागि बन्दाबन्दी शिक्षा (क्वारेटिन शिक्षा) सञ्चालन गरिने योजना रहेको गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेश पुडासैनीले जानकारी दिए । गाउँ पालिकाले कोरना कहरमा कृषि व्यवसायलाई नीति तथा कार्यत्रmममा प्रमुख प्राथमिकतामा राखेको र यसलाई व्यवहारमा कार्यान्वयन गर्न यस वर्षदेखि नै बाली बिज्ञान बिषयमा इन्द्रायणी कृषी मा.वि. सञ्चालन गरिन लागेको वडा नं १ का अध्यक्ष मणिनाथ लामिछानेले बताए । 

रुम टु रिडको प्राविधिक सहयोगमा सञ्चालित उक्त तालिममा २७ वटै विद्यालयबाट भाषा  अध्यापन गराउने शिक्षकलाई सहभागी गराई सञ्चालन भैरहेको छ । रुडेक नेपालद्वारा सहजीकरण गरिएको तालिम कार्यक्रम २०७६ श्रावण ४ देखी ७ गते सम्म सञ्चालन हुने पन्चकन्या गाउँपालिकाको शिक्षा अधिकृत जोशीले बताए । तालिम कार्यक्रमको सहजीकरण रुम टु रिड बाट एकराज कोईराला, बटुराम भण्डारी, राजन सापकोटा र एलबि खडका लगायत पाठयक्रम बिकास केन्द्रबाट समेत हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप