शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

परम्पराबाट माथि उठ्दै शिवम्, एक क्लिकमै घरमा सिमेन्ट

कसरी बजारलाई चलायमान बनाउन सकिन्छ भनेर हामी लागिपरेका छौं, जनताको लगानी सुरक्षित गर्ने जिम्मेवारी त राज्यको हो नि तर राज्य भने मौन छः केपी रिजाल
मङ्गलबार, ०६ साउन २०७७, ०९ : १४
मङ्गलबार, ०६ साउन २०७७

सिमेन्ट उद्योग मै पहिलो पटक शिवम् सिमेन्ट डिजिटल प्रविधिमा प्रवेश गरेको छ । ५०औं वर्ष पुरानो परम्परागत दायरामा अड्किरहेका सिमेन्ट कम्पनीहरु विस्तारै प्रविधिमैत्री बन्न थालेका छन् । यस्तैमा सिमेन्टको इतिहासमै पहिलो पटक शिवम् सिमेन्ट डिजिटाइजेसनमा गएको हो । हातमा पैसा बोकेर बजारसम्म सिमेन्ट किन्न धाउनुपर्ने बाध्यता अन्त्य गर्दै ग्राहकलाई घरमै सेवा दिन शिवम्ले मोबाइल एपको विकास गरेको छ ।

विश्वव्यापी रुपमा कोभिड-१९ को महामारीले थिलथिलो भएको उद्योग, बजार अनि मानवजातीलाई शिवम्को यो सुविधाबाट ऊर्जा मिलेको विश्वास कम्पनीले गरेको छ । साउन १ गतेबाट मोबाइल एपमार्फत सेवा दिन थालेको शिवम्ले बजारबाट आएको सकारात्मक प्रतिकृयाले निकै आशावादी बनाएको बताएको छ ।

विशेष गरेर सामाजिक दुरी कायम गर्दै ग्राहकले चाहेको समय र स्थानमा सेवा दिन सकियोस् भनेर नै एपको सुरुवात गरेको कम्पनी आफूलाई पूर्णरुपमा डिजिटाइजेसनमा रुपान्तरण गर्न उद्यत देखिएको छ । महामारीले सिमेन्ट उद्योगलाई कसरी डिजिटाइजेसनमा लग्यो ? अनि महामारीले सिमेन्ट उद्योगलाई पारेको असर र शिवम् सिमेन्टले भर्खरै संचालनमा ल्याएको मोबाइल एपलगायतका विषयमा शिवम् सिमेन्ट सेल्स एण्ड मार्केटिङ विभागका भाइस प्रेसिडेन्ट केपी रिजालसँग गरिएको कुराकानी–

महामारीले उद्योग व्यवसाय ठूलो मारमा परेको बेला सिमेन्ट उद्योगको अवस्था कस्तो छ ?

अन्य उद्योगजस्तै सिमेन्ट उद्योगको अवस्था पनि खराब छ । लकडाउनको समय उद्योगहरु बन्द भए, खानीहरु पनि बन्द भए, कच्चा पदार्थको निकास हुन सकेन । त्यस्तो अवस्थामा सरकारले केही पहल पनि गरेन । सरकारले न त खानी तथा उद्योग सञ्चालनको पहल गर्यो, न यसरी बन्द हुँदा पर्ने असरबारे सोच्यो । कच्चा पदार्थ निश्कासन गर्ने खानी नै बन्द हुँदा अहिलेसम्म त्यसको असर भोग्नु परेको छ ।

स्वदेशी कच्चा पदार्थको उत्पादन नहुँदा भारतबाट ल्याउनुपर्ने बाध्यता आइलाग्यो । यसरी स्वदेशी खानी सञ्चालन हुन नसक्दा बाहिरबाट आयात गर्नुपर्यो, जसले गर्दा ठूलो धनराशी बाहिर गएको छ । यसलाई रोक्न राज्य सचेत हुन जरुरी छ ।

यस्तो समयमा स्वदेशमा सञ्चालित उद्योग धन्दालाई कसरी बचाउने र यसलाई कसरी अगाडि बढाउने भन्नेबारे राज्यले अहम् भूमिका खेल्नुपर्ने हो । यदि सरकारले उद्योगव्यवसाय सञ्चालन गर्न सहज वातावरण बनाइदिने हो भने रोजगारीका लागि भौतारिन पर्ने बाध्यता अन्त्य हुने थियो र समग्र देशको विकास हुने थियो ।

अहिले शिवम् सिमेन्टको बजार स्थिति कस्तो छ ?

अहिले बजारको अवस्था तनावपूर्ण नै छ । लकडाउन पूर्णरुपमा नखुलिसकेको अवस्थामा बजारको अवस्था त्यति राम्रो छैन । सिमेन्टको सिजन भनेको माघ–फागुनपछिको समय हो । उक्त समय ठूला ठूला कन्सट्र्क्सन, विकास निर्माण अनि स्टक्चरहरु निर्माणका काम हुन्थ्यो । भर्खरै सिजन सुरु हुँदा महामारीको सामना गर्नुपर्यो र मुलुक लकडाउनमा गयो ।

निर्माण कार्य ५० प्रतिशतले कम भएको छ । निर्माणको काम अलि अलि भइरहँदा बर्खा सुरु भयो । सामान्यतया बर्खाको समयमा सिमेन्टको बजार कम हुन्छ नै ।

लकडाउनको समयमा पनि केही आयोजनामा निर्माण कार्यलाई निरन्तरता दिइएको थियो, केही सहज त भयो होला नि ?

पहिला त वातावरण ठिक थिएन, पछि सरकारले निर्माण कार्यलाई सञ्चालन गर्ने त भन्यो तर त्यो सहज पक्कै थिएन । मुख्य समस्या भनेको ढुवानी कै थियो । महामारीको त्रासले कामदारहरु सबै घर फर्किएको अवस्था थियो । अर्कोतिर ढुवानीका लागि गाडीको पास लिनै समस्या । पास लिएर पनि कसरी कामदार खटाउने, निकै कठिन अवस्था थियो । एक जिल्लाबाट अर्को जिल्लामा जानै समस्या । पास लिएर गए पनि बीच बाटोमै रोकिनुपर्ने, अवस्था सहज भएन ।

अब अहिले गाडीहरु सञ्चालन गर्न दिए पनि कामदारहरु त्रासका कारण काममा आउन सकिरहेका छैनन् । हामीले कामदारहरुलाई सुरक्षा सतर्कता अपनाउन र कम्पनीको तर्फबाट सुरक्षा सामाग्री उपलब्ध गराएर कामलाई निरन्तरता दिन भनेका छौं । यस्तो अवस्थामा बजारमा सिमेन्टको माग भए पनि पुरा गर्न निकै कठिन अवस्था छ । हामीले बजारलाई चलायमान बनाउन कोशिस गरिरहेका छौं र मागअनुसार सेवा पनि पुर्याइरहेका छौं । तर माग ४०÷५० प्रतिशतमा झरेको छ ।

सरकारले यस्ता ठूला उद्योगलाई सञ्चालन गर्न विशेष रणनीति बनाउन जरुरी थियो । यति ठूलो लगानी सुरक्षित गर्न सरकारको ध्यान नै पुगेन । आज उद्योग व्यवसाय यति मारमा परेका छन्, यसलाई बचाउन राज्यको भूमिका महत्वपूर्ण हुन्छ । सिमेट उद्योग भनेको विकासको महत्वपूर्ण अंग हो । यसलाई जिउँदो राख्न राज्यले ध्यान दिनुपर्छ ।

अहिलेको अवस्थामा ट्र्ेडर्सहरु खुसी छैनन् । बजेट निकास हुन सकेको छैन । बजेट कम हुने वित्तिकै अर्थतन्त्र चलाउन सम्भव नै हुँदैन । असहज परिस्थितिमा राज्यबाट चाहिने साथ पाइएको छैन ।


विश्वनै डिजिटाइजेसनमा गइसकेको अवस्थामा हामीले पनि ग्राहकलाई सरल सेवा दिन एप ल्याएका हौं । सिधै कम्पनीसँग डिल गर्ने भएकाले ग्राहकले पनि सुपथ मूल्यमा सिमेन्ट खरिद गर्न सक्नुहुन्छ । कम्पनीले नै सबै नागरिक त्रासमा रहेको बेला घरघरमा सेवा दिनुपर्छ भन्ने निर्णयअनुसार नै हामी एपमा गएका हौं ।


तर शिवम्ले त असहज अवस्थाकै बीच एप लन्च ग-यो । एपको जरुरत किन प-यो ?

कुनै पनि आविश्कार भनेको आवश्यकताले गर्छ । हो शिवम् सिमेन्टलाई पनि यही असहज परिस्थितिले डिजिटाइजेसनमा (एप)मा लाग्यो । सिमेन्ट जगतमै पहिलो पटक शिवम्को मोबाइल एपबाट ग्राहकले सिमेन्ट अर्डर गर्न सक्छन् ।

लकडाउनको समयमा सामाजिक दुरी कायम गर्नुपर्ने भएकाले बजारसम्म वा कारखानासम्म जान त्रास बढ्यो । यथास्थानबाट सामानको खरिद गर्ने सहज अवस्थाको खोजीमा मानिसहरु छन् । यस्तो अवस्थामा हामीले आफ्ना ग्राहकको सहजतालाई हेरेर र महामारीबाट बचाउनका लागि पनि एपमा जाने निर्णय ग¥यौं । हुन त एपमा जान धेरै पहिलेबाट नै प्रयास भएको थियो तर लकडाउनले हामीलाई तत्काल एपमा लग्यो ।

ग्राहकले चाहेको ठाउँमा उचित मूल्यमा समयमै सिमेन्ट पुगोस् भन्ने चाहनाअनुरुप हामी अगाडि बढेका छौं । एपबाट धेरै सहज भएको छ । पहिला हाम्रा ग्राहक बजार गएर मूल्य, गुणस्तर अनि ढुवानीबारे जानकारी लिनुपर्दथ्यो भने अहिले हातमै सबै जानकारी आइपुगेको छ । ग्राहकले आफ्नो मोबाइलमै शिवम् सिमेन्टको मूल्य, गुणस्तर, ढुवानी लगायतका सम्पूर्ण जानकारी लिएर अर्डर गर्न सक्नुहुन्छ ।

हामी क्यासलेस प्रणालीमा पनि गएका छौं । ग्राहकले सिधै मोबाइलबाटै भुक्तानी गर्न सक्नुहुन्छ । बैंक जाने, पैसा झिक्ने अनि बोकेर बजारसम्म जानुपर्ने झन्झटबाट मुक्त हुन पनि एपको आवश्यकता थियो, एपका माध्यमबाट कम्पनीले तोकेकै मूल्यमा सिमेन्ट खरिद गर्न सकिन्छ ।

विश्वनै डिजिटाइजेसनमा गइसकेको अवस्थामा हामीले पनि ग्राहकलाई सरल सेवा दिन एप ल्याएका हौं । सिधै कम्पनीसँग डिल गर्ने भएकाले ग्राहकले पनि सुपथ मूल्यमा सिमेन्ट खरिद गर्न सक्नुहुन्छ । कम्पनीले नै सबै नागरिक त्रासमा रहेको बेला घरघरमा सेवा दिनुपर्छ भन्ने निर्णयअनुसार नै हामी एपमा गएका हौं ।

यो एपबाट ग्राहकले कसरी फाइदा लिने ? सिमेन्टको खरिदबिक्रीमा एप कत्तिको सान्दर्भिक छ ?

ग्राहकलाई त धेरै सजिलो छ यो एपमा । ग्राहकलाई हिजो बजारसम्म गएर सिमेन्टको मूल्य, गुणस्तर, ढुवानी लगायत सबै कुरा बुझ्नुपर्ने बाध्यता थियो । तर अब त्यो झन्झटबाट ग्राहक मुक्त हुनुहुनेछ । के हो, कसो हो, समयमा पुग्छ/पुग्दैन, सबै कुरा दोस्रो व्यक्तिबाट जानकारी लिनु पर्दथ्यो । तर अब ग्राहकले सिधै सम्पूर्ण जानकारी कम्पनीको एपबाट लिन सक्नुहुन्छ ।

सबैभन्दा महत्वपूर्ण पक्ष भनेको गुणस्तर नै हो । गुणस्तरबारे ग्राहकमा हुने अन्यौलता एपले हटाएको छ । सिधै कम्पनीसँग ग्राहकको डिल हुने र कम्पनीसँग सम्पूर्ण जानकारी लिन पाउने हुँदा ग्राहकको लागि एप निकै फाइदाजनक छ ।

अर्को महत्वपूर्ण पक्ष, यसले समयको बचत र कम्पनीको स्किमहरु सजिलै लिन सकिने र जहाँबाट पनि भुक्तानी गर्न सकिने नै हो । पैसा छैन, कहिले पैसा आउला अनि किनौला भनेर भाका सार्न पर्दैन । जुनसुकै ठाउँबाट पनि अनलाइन भुक्तानी गर्न सकिन्छ । जस्तोः हाम्रो ग्राहकको पैसा दोस्रो वा तेस्रो मुलुकबाट आउनुपर्ने छ, तर यहाँ तत्काल सिमेन्टको आवश्यकता प¥यो, अब कता पैसा खोज्ने भन्ने समस्या भएन । दोस्रो वा तेस्रो मुलुकमा हुने आफन्तले शिवम्को एप डाउनलोड गरी त्यहीबाट सामानको मूल्य भुक्तानी गरिदिन सक्नुहुन्छ । एप निकै आवश्यक थियो र यो ग्राहकका लागि उपयोगी टुल पनि हो । मोबाइल एपबाट सिमेन्ट खरिद गर्दा ग्राहकले उचित मूल्य, सरल अर्डर प्रक्रिया, समयमै डेलिभरीका साथ गुणस्तरीय उत्पादन प्राप्त गर्न सक्नुहुनेछ ।

एपबाट सामान अर्डर गर्दा कहाँकहाँसम्म डेलिभरी हुन्छ ? कि देशैभरी हुन्छ ?

अहिले हामीले काठमाडौं उपत्यकामा एपबाट सेवा दिन सुरु गरेका छौं । लकडाउनका कारण जिल्ला आवतजावतमा अझै समस्या भएकाले काठमाडौंबाट सुरु गरेका हौं । भर्खरै लन्च गरिएकाले पहिला काठमाडौंका ग्राहकको प्रतिक्रिया हेर्छौं अनि हामी मुख्य शहरहरु हुँदै पुरै नेपालमा एपबाट सेवा पु-याउने छौं । एपको राम्रो प्रतिक्रिया आएको छ । धेरै फोन तथा मेसेजबाट यसबारे जिज्ञासा लिनुभएको छ । एक दिनमा सात सयभन्दा बढीले लगइन गरिरहनु भएको छ । परिस्थिति पनि सहज बन्दै जाँदा र ग्राहकको माग अनि चाहनाअनुसार हामी उपत्यका बाहिर जान्छौं ।

ग्राहकले एपको प्रयोग कसरी गर्ने ?

शिवम्को एप चलाउन निकै सजिलो छ । यो यूजर फ्रेन्ड्ली छ । सबैले सहज तरीकाले चलाउन सक्नुहोस् भनेर सरल तरिकाले एपको डिजाइन गरिएको छ ।

एप्पल स्टोर, प्ले स्टोर तथा एप स्टोरबाट शिवम् सिमेन्टको एप डाउनलोड गर्ने र उक्त एपमा गएर लगइन गर्न सकिन्छ । त्यसपछि यूजर आइडी क्रियट गरेर एपभित्र प्रवेश गर्न सकिन्छ । एपमा प्रवेश गरेपछि सिमेन्टको गुणस्तर, सिमेन्टको मूल्य, सिमेन्टको उपलब्धता, भुक्तानीको माध्यमलगायतका सबै सेवा एकैठाउँ प्राप्त गर्न सकिन्छ ।

अब ग्राहकले गरेको अर्डर नजिकको डिलरले हेर्छन् र उक्त अर्डरको फलो गर्छन् । उक्त अर्डरलाई केन्द्रीय कार्यालयले पनि फलो गरिरहेको हुन्छ । अनि डिलरले आफ्नो लोकेशनअनुसार सेवा दिन्छ ।

भुक्तानीका लागि अहिले आइपीएस ई–पेमेन्ट, खल्ती, ई–सेवा, सिओडीको सेवा लिन सकिन्छ । यी चार तरिकाबाट मोबाइलबाटै भुक्तानी गर्न सकिन्छ । र, सबै सूचनाहरु कम्पनीको कल सेन्टरले अध्ययन गरिरहेको हुन्छ ।


बाचौं र बचाऔं भन्ने बेला छ । कम्पनीलाई सुरक्षित तरिकाले अगाडि बढाउन के गर्ने भन्नेबारे अध्ययन गरिरहेका छौं । यस्ता उद्योग व्यवसायलाई अगाडि बढाउन र जीवित राख्न राज्यको महत्वपूर्ण भूमिका हुन्छ । राज्यले साथ दियो भने उद्योगधन्दा अगाडि बढ्छ । लाखौंले रोजगारी पाउँछन् । अहिले विदेशबाट फर्किएका लाखौं युवालाई रोजगारी दिन र उनीहरुलाई स्वदेशमै बस्ने वातावरण बनाउन पनि सरकारले यस्ता उद्योगधन्दालाई प्रोत्साहन गर्न अत्यन्त जरुरी छ ।


एपबाट कति परिमाणमा सिमेन्ट अर्डर गर्नुपर्ने हुन्छ ? अनि कति समयमा डेलिभरी हुन्छ ?

एक ट्र्कमा २१ टन सिमेन्ट हुन्छ जसमा ४२० बोरा हुन्छ । अर्डर त जति पनि गर्न सकिने भयो । मिनिमम् १० बोरादेखि माथि एक ट्र्क, दुई ट्र्क वा सोभन्दा बढी । हाम्रो रोडको क्षमताअनुसार एक ट्र्कमा २१ टनमात्र लोड हुन्छ । त्यही भएकाले ठूलाठूला अर्डरमा एक पटकमा एक ट्र्क अथवा २१ टन (४२० बोरा) क्षमतामा हामी डेलिभर गर्न सक्छौं । र यो परिमाण जति ट्र्कसम्म पनि अर्डर गर्न सकिन्छ ।

यदि थोरै चाहिएको छ भने पनि हामी डेलिभर गर्छौं जुन १० बोरासम्मको हुनुपर्छ । १० बोरा भन्दा तलको अर्डरमा भने डेलिभरी चार्जको समस्या हुने भएकाले अहिले त्यस्तो गरिएको हो । तर थोरै, एक/दुई बोराको मात्र आवश्यकता छ भने त ग्राहकले सिधै डिलरबाट लैजान सकिहाल्नु हुन्छ । सिमेन्टमा अहिले हामीले डिस्काउन्ट अफर पनि दिइरहेका छौं ।

एपबाट अर्डर गर्दा समय पनि तोक्न सकिने भएकाले ग्राहकले मलाई यति समयमा चाहिन्छ भन्नु भएको छ भने सोही समयमा डेलिभरी हुन्छ । अब अहिले महामारीको समय छ । सामाजिक दुरी कायम गर्दै काम गर्नुपर्ने अवस्था छ । कामदारहरुलाई फिल्डमा खटाउँदा उनीहरुको सुरक्षा सबैभन्दा महत्वपूर्ण हुने भएकाले ग्राहकसम्म कसरी तोकिएको समयमा सामान पुर्याउनेमा हामी गम्भिर छौं । हामी चाहन्छौं यो महामारीबाट हाम्रा कर्मचारी अनि हाम्रा ग्राहकसँगै सबैजना सुरक्षित र सकुशल हुनुहोस्, त्यसैले हामी विशेष सतर्कताका साथ काम गरिरहेका छौं । आफ्ना डिलरहरुलाई मास्क, स्यानिटाइजर लगायत सुरक्षा सामग्री उपलब्ध पनि गराएका छौं । सामाजिक दुरी कायम गर्न सकियोस् भनेर नै हामी एपमा गयौं । त्यसैले घरमै बसी बसी सामान अर्डर गर्न सकिन्छ र तोकेको समयमा तोकेको ठाउँमा सामान पुग्छ ।

सिमेन्ट जगतमै पहिलो पटक नेपाल गुणस्तर विभागले शिवम्लाई एनएस क्वालिटी अवार्डद्वारा सम्मानित गरेको छ । सम्मानको हकदार बन्न यहाँहरुको योगदान के थियो ?

नेपाल स्ट्यान्डर्ड अवार्ड सरकारले कम्पनीलाई दिने गौरवपूर्ण अवार्ड हो । समग्र उद्योगहरु मध्येबाट क्वालिटी जाँच गरेर उत्कृष्टलाई दिने अवार्ड हो यो । २०१९ मा पहिलो पटक सिमेन्ट उद्योगले पाएको छ ।

यो सम्मानका लागि उद्योगले उत्पादन गर्ने बस्तुको गुणस्तर जाँच प्रक्रियामा हुन्छ र सरकार आफै गएर गुणस्तर जाँच गर्छ ।

नेपाल सरकारले एनएस लिएका उद्योगहरुको उत्पादनमा खुल्ला प्रतिस्पर्धा गराउँछ । यो भन्दा अगाडि मल्टिनेशनल कम्पनीहरुले पाउँदै आएको सम्मान पहिलो पटक सिमेन्ट उद्योगले पाएको हो । यो सम्मानका लागि सरकारले कम्पनीप्रति ग्राहकको विश्वासलाई हेर्छ, सँगसँगै कम्पनीका कर्मचारीको अवस्था, सामानको गुणस्तर, कम्पनीले प्रयोग गर्ने प्रविधि, रिसोर्सेज, सबै अवस्थालाई दुई तहमा मूल्याङ्कन गरिएको हुन्छ ।

अर्को भनेको हामीसँग एक्सरे एनलाइजर छ, यसले गुणस्तर जाँच गर्छ । १०/१० मिनेटमा सिमेन्टको गुणस्तर जाँच हुन्छ । नेपालमा यो टेक्नोलोजी शिवम्सँग मात्र छ । यो टेक्नोलोजीको फाइदा के छ भने एकैनासको वा एउटै गुणस्तरको सिमेन्ट उत्पादन भएको छ कि छैन भनेर १०/१० मिनेटमा जाँच भइरहेको हुन्छ । हुन त हामीले आफ्ना उत्पादन गुणस्तरकै बनाइरहका हुन्छौं तर पनि कहि कतै त्रुटि नहोस् भनेर चेक एण्ड ब्यालेन्सका लागि यो प्रविधि राखेका हौं । यो मेसिनले गुणस्तरको जाँच गरी रिपोर्ट दिन्छ । त्यसैले पनि हामी गुणस्तरमा नम्बर एक हौं भन्न सक्छौं ।

त्यसैगरी हामीसँग एक्सआरएफ मेसिन छ यसले प्रत्येक ढुंगाको रिपोर्ट दिन्छ । गुणस्तरीय सामान निर्माण गर्न हामीलाई यसले ऊर्जा दिएको छ । हाम्रो लक्ष्य भनेको क्वालिटी सामान बनाउने हो र यसका लागि यी प्रविधिले साथ दिएको छ । चुन ढुंगाबाट सिमेन्ट बन्दासम्म ६ ठाउँमा गुणस्तर जाँच गर्ने मेकानिज्म राखेका छौं । कहि कतै गल्ती भयो भने पनि यो प्रविधिले हामीलाई अलर्ट गराईदिन्छ ।

महामारी (लकडाउन)पछि सिमेन्टको बजारको अवस्था कस्तो होला ? तपाईहरुको आगामी योजना के छ ?

लकडाउनपछिको अवस्था अथवा अब यो तीन/चार महिनाको समय भनेको अफ सिजन हो । अहिले पनि बजार ४०/५० प्रतिशतमा झरेको छ । हामी भने आशावादी छौं, आगामी दिनमा केही राम्रो भएर आउनेछ । सिमेन्ट विकासको मेरुदण्ड हो । हामी विकासको चरणमा छौं । त्यसैले यसको बजार त झर्दैन, सिमेन्ट उद्योगको भविष्य त उज्ज्वल नै छ । महामारी सामान्य बन्दै गएसँगै हामी पनि पुनः पुरानै अवस्थामा फर्कने छौं, अझ भन्नुपर्दा अहिले ओइलाएको बजार उत्साहित हुने आशा हामीले गरेका छौं ।


हामी सिमेन्ट निर्यात गर्ने नेपालको पहिलो कम्पनी हौं । हामीले पहिला पनि भनेका थियौं कि हामी निर्यातका लागि तयार छौं भनेर । सिमेन्टको ठूलो माग हुने भारतमा निर्यात गर्न हामी तयार छौं ।


फेरि, बाचौं र बचाऔं भन्ने बेला छ । कम्पनीलाई सुरक्षित तरिकाले अगाडि बढाउन के गर्ने भन्नेबारे अध्ययन गरिरहेका छौं । यस्ता उद्योग व्यवसायलाई अगाडि बढाउन र जीवित राख्न राज्यको महत्वपूर्ण भूमिका हुन्छ । राज्यले साथ दियो भने उद्योगधन्दा अगाडि बढ्छ । लाखौंले रोजगारी पाउँछन् । अहिले विदेशबाट फर्किएका लाखौं युवालाई रोजगारी दिन र उनीहरुलाई स्वदेशमै बस्ने वातावरण बनाउन पनि सरकारले यस्ता उद्योगधन्दालाई प्रोत्साहन गर्न अत्यन्त जरुरी छ ।

अन्तमा, नेपालमा क्लिन्करसहित नयाँ तीनवटा सिमेन्ट कम्पनी आउने भएका छन् । यसले तपाईहरुलाई कति हिट गर्ला ?

यो उद्योग व्यवसाय भनेको जति प्रतिस्पर्धा भयो उति अगाडि बढ्न सकिने क्षेत्र हो । मार्केटमा जति धेरै प्लेयर आउँछन्, उति धेरै काममा मजा आउँछ । जब मार्केट प्रतिस्पर्धामा जान्छ, ग्राहकले सामानको उचित मूल्य पनि पाउँछन् । जति धेरै कम्पनी भयो उति प्रतिस्पर्धा हुन्छ, गुणस्तरमा प्रतिस्पर्धा, मूल्यमा प्रतिस्पर्धा । यसले फाइदा हुने भनेको ग्राहकलाई हो ।

मूल्य कम हुने वित्तिकै विकास निर्माणका काम धेरै हुन्छन् । धेरै परियोजनाहरुमा लगानी बढ्छन् । कम मूल्यमा धेरै गतिविधि हुने हुँदा राष्ट्र्लाई फाइदा हुन्छ । हाम्रो जस्तो कम्पनीका लागि त जति बजार बढ्छ, उति फाइदा हुन्छ । साना उद्योगहरुलाई असर गर्ला तर उनीहरुलाई पनि माथि उठ्न र प्रतिस्पर्धामा जान प्रेरित गर्छ ।

र, हामी सिमेन्ट निर्यात गर्ने नेपालको पहिलो कम्पनी हौं । हामीले पहिला पनि भनेका थियौं कि हामी निर्यातका लागि तयार छौं भनेर । सिमेन्टको ठूलो माग हुने भारतमा निर्यात गर्न हामी तयार छौं । तर यहाँ समस्या भनेको यातायातको छ । चाइना विश्वको ठूलो सिमेन्ट उत्पादक मुलुक हो भने भारत विश्वकै दोस्रो ठूलो सिमेन्ट उत्पादक मुलुक हो । नेपालको उत्पादनको लागत र भारतमा उत्पादनको लागत धेरै फरक छ । नेपालबाट भारतसम्म सिमेन्ट निर्यात गर्न रेलवेको सुविधा छैन । ट्र्कमा सामान पठाउँदा थोरै परिमाणमात्र जाने हुँदा यो निकै महँगो पर्न आउँछ । सरकारले केही पहल गरिदिने हो भने हामी निर्यात गर्न सक्छौं । हामी फेरि पनि भन्छौं कि शिवम् सिमेन्ट निर्यातका लागि तयार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप